
स्वास्थ्यका मापदण्ड पालना गर्न आवश्यक : प्याब्सन
३० चैत्र २०७७, सोमबार ०३:५२
काठमाडौं । कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमणबाट बालबालिका तथा कम उमेरका व्यक्तिहरु जोखिममा परेपछि केही समयलाई विद्यालय बन्द गर्ने की भन्ने विषयमा छलफल चलिरहँदा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)ले बन्दको विरोध जनाएको छ ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति निकालेर स्वास्थ्यका मापदण्ड कडाइका साथ लागू गरि भौतिक उपस्थितिमा नै विद्यालय खोल्नपर्ने माग गर्नुभएको छ । उहाँले संक्रमणको अवस्था देशभर एकनासको नभएकाले अवस्था हेरि आवश्यक स्थानका विद्यालयहरु मात्रै बन्द गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको भौगोलिक विकटता, अभिभावकहरुको आर्थिक तथा सामाजिक अवस्था, इन्टरनेटको उपलब्धताको अभाव, शिक्षकहरुको प्राविधिक दक्षता जस्ता कारणले नेपालको सामुदायिक तथा सार्वजनिक शिक्षालयमा मात्र नभएर निजी शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुको पनि ५० प्रतिशत, क्षेत्र अनलाईन शिक्षाने समेट्न नसक्ने कुरा बिगतका बन्दाबन्दीमा गरिएकोे प्रयोगले प्रमाणित गरि सकेको छ ।’
कोरोनालाई जीवनको एउटा हिस्साको रुपमा स्वीकार्दै कोरोनासंग संघर्ष गर्दै जनजीवनलाइ सहज बनाउने तर्फ पहलकदमी गर्नुपर्ने भनाइ प्याब्सनको छ । विद्यालय जाने उमेरका व्यक्तिलाई संक्रमण बढ्न थालेपछि कोभिड १९ व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले ३ साताका विद्यालय बन्द गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको