
चीन सरकारले गर्यो अलिबाबामाथि कारबाही, जरिवाना अहिलेसम्मकै धेरै
३० चैत्र २०७७, सोमबार ०४:११
इ–कमर्शको क्षेत्रमा विश्वमै चर्चित रहेको कम्पनी अलिबाबामाथि चीन सरकारले कारबाही गरेको छ ।
नियाँ नियामक निकायले एकाधिकार उल्लघन गरेको आरोपमा अलिबाबामाथि २ अर्ब ८० करोड डलर जरिवाना तोकेको हो ।
एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा चीन सरकारले अलिबाबामाथि कारबाही गरेको हो ।
चीनको बजार नियमन सम्बन्धी राज्य प्रशासन (एसएएमआर) ले कारबाही गरेको हो ।
अलिबाबा कम्पनीमाथि गत डिसेम्बरबाट छानबिन सुरु गरिएको थियो । उक्त अनुसन्धान गर्दा कारबाही गर्न योग्य देखिएको भन्दै एसएएमआरले कारबाही गरेको हो ।
अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कैयौं व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानबाट भेटिएको एसएएमआरको दावी छ ।
एसएएमआरका अनुसार सन् २०१५ देखि अलिबाबा समूहले आफूलाई अनुचित लाभ लिनेगरी आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको छ ।
अलिबाबामाथि गरिएको यो जरिवाना आजसम्मकै सबैभन्दा ठूलो हो । सन् २०१५ मा क्वालकममाथि झण्डै एक अर्ब डलरको जरिवाना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले