Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्ने सर्वोच्चको फैसला

३० चैत्र २०७७, सोमबार १९:५४


काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्यता पुग्ने फैसला सुनाएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज नेपालको संविधानअनुसार न्याय सेवाको सह–सचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतले काम गरेको दुवै समयावधि जोड्दा योग्यता पुग्ने फैसला सुनाएको हो ।

“निजले न्याय सेवाको रा।प प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा १२ वर्षभन्दा बढी अवधिको अनुभव हासिल गरी सकेर निजको संविधानको धारा १२९ को उपधारा ९५० बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति हुने योग्यता पुगेको नै देखिँदा संविधानको उक्त धाराबमोजिम निजको योग्यता नपुगेको हुँदा निजको नियुक्ति उत्प्रेषणको आदेशले बदर गरी पाऊँ भन्ने निवेदन जिकिर पुग्न सक्दैन ।”

सर्वोच्च अदातलका न्यायाधीशमा सुवेदीको योग्यता नपुग्ने हुँदा उक्त निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रिट निवेदन दायर गरेका थिए । सर्वोच्च अदालतले योग्यता पुग्ने फैसला गर्दै उक्त रिट निवेदन खारेज गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो