Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

माओवादीलाई ओलीको चुनौती- प्रधानमन्त्रीबाट हटाउने भए समर्थन फिर्ता लैजाऊ

३० चैत्र २०७७, सोमबार १९:५६


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट आफूलाई हटाउन मन भए समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफूसँग संसदमा बहुमत रहेकाले राजीनामा नदिने पनि अडान दोहोर्‍याए ।

उनले समर्थन फिर्ता लिन नसकेर राजीनामा माग्ने ‘प्रचण्ड शैली’लाई हरुवाको संज्ञा पनि दिएका छन् । ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको बताए । उनले भने , ‘यस्ता धाक धक्कुसँग म डराउदिनँ ।’ माओवादी र माधव नेपालहरू चुनावबाट भागिरहेको आरोप पनि उनले लगाए ।

एक फरक प्रसंगमा ओलीले आत्म आलोचना गरेर पार्टीमा फर्किन वरिष्ठ नेता माधवकुमार नेपाललाई सुझाव दिएका छन् । आत्म आलोचना गरेर फर्किने नेतालाई पार्टीमा स्वागत गर्ने बताउँदै उनले गुटबन्दी गरेर आउनेलाई स्वीकार गर्न नसकिने पनि बताए ।

‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्म आलोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको