
नेपालमा दैनिक ११ हजार कोरोना संक्रमित पुग्नसक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
३१ चैत्र २०७७, मंगलवार १४:५९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्नसक्ने प्रक्षेपण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको कुराकानीमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको र यसलाई नियन्त्रणमा ल्याउन सबैले पहल गर्नुपर्नेसमेत उनले बताएका छन् ।
उनले भने, “कोरोना महामारी तीव्ररुपमा वृद्धि भइरहेको छ । संक्रमण नियन्त्रणका लागि सबै सजग हुन नसकेमा दैनिक ११ हजारसम्म संक्रमित देखिन सक्ने मन्त्रालयको प्रक्षेपण रहेको छ ।”
मन्त्री त्रिपाठीले तत्काल सीमा नाका बन्द नहुने बताउँदैं भने, “बाहिरबाट आउनेलाई नाका बन्द गरेर हाम्रा नागरिकलाई आउन नदिनु त भएन नी । जनस्वास्थ्यका मापदण्ड पूरा गरेर व्यवस्थापन गरिन्छ ।”
दक्षिण छिमेकी मुलुक भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढिरहेको भन्दै उनले मुख्य सीमा नाकामा एक हजार जनासम्म बस्नसक्ने सल्डिङ सेन्टर बनाइनेसमेत जनाएका छन् । उनले भने, “सीमामा सम्पूर्ण तयारी गरेर अस्पतालाई चुस्तदुरुस्त राख्ने कामहरु पनि सरकारले अगाडि बढाएको छ ।”
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो