Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

कोरोनाको बेलायती भेरिएन्ट डर मानिएजस्तो गम्भीर नभएको अध्ययनको निष्कर्ष

३१ चैत्र २०७७, मंगलवार १४:५७


काठमाडौं। सबैभन्दा पहिले बेलायतमा फेला पारिएको कोरोनाभाइरसको अत्यन्तै संक्रामक भेरिएन्टले अस्पताल भर्ना भएका बिरामीहरुलाई गम्भीर अवस्थामा नपुर्याउने एक अध्ययनमा देखिएको छ । मेडिकल जर्नल ‘द ल्यान्सेट इन्फेक्सियस डिजिजेज’मा सोमबार प्रकाशित अध्ययनका अनुसार यो बेलायती भेरिएन्टबाट संक्रमित बिरामी र अन्य भेरिएन्टबाट संक्रमित बिरामीमा भाइरसको असरमा कुनै फरक नभएको पाइएको छ ।

बी.१.१.७ नामले चिनिने यो भेरिएन्ट गत वर्ष बेलायतमा भेटिएको थियो र अहिले यो भेरिएन्ट अमेरिकामा सबैभन्दा धेरै भेटिने भेरिएन्ट बन्न पुगेको अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले जनाएको छ । यो अध्ययन बेलायतका अस्पतालमा गत वर्षको नोभेम्बर र डिसेम्बरमा बी.१.१.७ भेरिएन्टबाट संक्रमित र अन्य भेरिएन्टबाट संक्रमित गरी कूल ४९६ बिरामीको समूहमा गरिएको थियो ।

बिरामीहरुमा भएका समस्याहरुको विश्लेषण गर्ने क्रममा अनुसन्धानकर्ताहरुले बी.१.१.७ भेरिएन्टबाट संक्रमित र अन्य भेरिएन्टबाट संक्रमित बिरामीमा गम्भीर बिरामी पर्ने, मृत्यु हुने वा अन्य स्वास्थ्य समस्या हुने जोखिममा कुनै फरक नभएको पाएका हुन् । ‘केही निश्चित परिस्थिति र सीमितताहरुसहित गरिएको हाम्रो अध्ययनपछि प्राप्त डाटाले बी.१.१.७ भेरिएन्ट गम्भीरताको हिसाबमा अन्य भेरिएन्टभन्दा धेरै घातक नभएको प्रारम्भिक सुनिश्चितता गर्छ’ अनुसन्धानकर्ताहरुले अध्ययनमा भनेका छन् ।

द ल्यान्सेट पब्लिक हेल्थ मेडिकल जर्नलमा प्रकाशित अर्को छुट्टै अध्ययनका अनुसार बी.१.१.७ भेरिएन्टबाट संक्रमितहरुमा अन्य भेरिएन्टबाट संक्रमितको तुलनामा पुनः संक्रमणको दर बढेको समेत पाइएको छैन । यसले बी.१.१.७ भेरिएन्टविरुद्ध समेत भ्याक्सिनले प्रभावकारी काम गर्ने देखाउँछ । बेलायती वैज्ञानिकका अनुसार यसअघिका भेरिएन्टभन्दा बेलायती भेरिएन्ट ४० देखि ७० प्रतिशतसम्म छिटो फैलिन सक्छ । अहिलेको अध्ययनले यसअघिको अध्ययनमा पाइएको बी.१.१.७ बढी फैलिन सक्ने कुरालाई पनि पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको