Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

कोरोना संक्रमणको दोस्रो डोज खोप वैशाख ७ गतेदेखि लगाइने, कसलाई कहिले ?

३१ चैत्र २०७७, मंगलवार १५:०१

लोकप्रिय

काठमाडौं । कोरोना भाइरसको संक्रमणविरुद्धको पहिलो डोज खोप लगाएकाहरुलाई वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज खोप लगाइने भएको छ । नेपालमा पहिलो माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाउन सुरु गरिएको थियो ।

नेपालमा भारतबाट ल्याइएको ‘कोभिशिल्ड’ खोपको पहिलो डोज खोप माघ १४ गतेदेखि फागुन १० गतेसम्म लगाइएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक तथा वित्तिय संस्थानका कर्मचारीहरुलाई खोप लगाइएको थियो ।

पहिलो चरणअन्तर्गत माघ १४, १५, १६, १७ र २६ गतेसम्म खोप लगाएकाहरुलाई वैशाख ७ गते खोप लगाइने छ भने माघ १८, १९, २०, २१ र २७ गते पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज खोप वैशाख ८ गते लगाइने भएको छ ।

त्यसैगरि माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाहरुलाई वैशाख ९ गते दोस्रो डोज खोप लगाइने छ भने माघ २९, फागुन ३, ४ र ६ गते पहिलो डोज लगाएकाहरुलाई वैशाख १० गते दोस्रो डोज खोप लगाइने छ ।

माघ ३० र फागुन ७, ८, ९ र १० गते पहिलो डोज खोप लगाएकाहरुलाई वैशाख ११ गते दोस्रो डोज खोप लगाइने जनाइएको छ । दोस्रो डोज खोप त्रिवि शिक्षण अस्पताल, सहिद गंगाला राष्ट्रिय हृदय केन्द्र, विरेन्द्र अस्पताल, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एन्ड रिसर्च सेन्टरलगायतमा अस्पतालमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइने छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा