
रोयटर्समा पहिलो महिला प्रधान सम्पादक !
३१ चैत्र २०७७, मंगलवार १५:४५
प्रख्यात अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पहिलोपटक महिला सम्पादक पाउने भएको छ । यससँगै रोयटर्सले १७० वर्षे इतिहासमा पहिलो महिला प्रधान सम्पादक पाउने पक्का भएको हो ।
पहिलो महिला प्रधान सम्पादकको रुपमा अलेसान्ड्रा गालोनीले रोयटर्सको नेतृत्व सम्हाल्ने पक्का भएको रोयटर्सले जनाएको छ । रोयटर्समा कार्यरत सम्पादकहरू मध्येबाट गालोनीले प्रधान सम्पादकको जिम्मेवारी पाउने भएकी हुन् ।
रोमको स्थायी बासिन्दा ४७ वर्षीया गालोनीले रोयटर्सको नेतृत्व गर्ने पक्का भएसँगै अहिलेका प्रधान सम्पादक स्टेफन जे एडलरले अवकाश पाउँदैछन् । पछिल्लो दशक रोयटर्सको नेतृत्व गरेका एडलरले यही महिनादेखि अवकाश लिँदैछन् ।
एडलरको नेतृत्वमा रोयटर्सले पत्रकारितामा सयौँ अवार्डहरु पाएको छ । एडलरको नेतृत्वमा रोयटर्सले मिडिया इन्डष्ट्रीको प्रतिष्ठित पुलित्जर अवार्डमात्रै ७ पटक हात पार्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस आउनु अघिसम्म सरकारले नव भारत बनाउने लक्ष्य
भारतको हरियाणास्थित सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहिया, उनको २१ वर्षिय भाई, ८ वर्षिय एक बालक तथा आमा लगायत घरका ६
एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका
एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध