
नयाँ वर्षमा पूर्वराजाले पेश गरे देश बनाउने रोडम्याप
३१ चैत्र २०७७, मंगलवार २३:३७
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश बनाउन फुटेर होइन, जुटेर शक्ति संरक्षण गर्दै पहिले देश, अनि मात्र आफू भन्ने भावना जगाउनुपर्ने बताएका छन् ।
हरिद्वारमा जारी महाकुम्भ मेलाका अवसरमा भारत भ्रमणमा रहेका पूर्वराजा शाहले मंगलबार एक सन्देश जारी गर्दै नेपाली नागरिकहरुलाई नयाँ वर्षको शुभकामना दिएका छन् । उनले देशमा सूख, शान्ति, सम्मून्नती, एकता, समृद्धि र सन्तूष्टिको कामना गरेका छन् ।
‘राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हूनू पर्दछ । यसका निम्ति आपसी भाँडभैलो अनमेल र द्वन्दको अन्त हूनू पर्छ अनि समन्वय, सामञ्जस्य पनि रहनू पर्दछ ।’, शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रा पिता पुर्खा तथा त्यागी वीर वीरांगनाहरुले जोगाएको हाम्रो साझाबारी नेपाललाई सबै मिलेर स्याहारसूसार गर्नू र सजाउनू छ । यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाली बिना भेदभाव र बिना सँकोच मिलेर जानू छ ।’
टाठाबाठा मात्र सूखी सम्पन्न सूविधाभोगी हुँदै जाने र निमूखा सर्वसाधारणहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति त्याग्नुपर्ने भन्दै अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र पर निर्भरता त्याग्दै जानू पर्ने आवश्यकता रहेको उनले बताएका छन् ।
‘नेपाली हामी फूटेर होइन, शक्ति संरक्षण गरौँ जूटेर । एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ । हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन । सबैको एउटै उदेश्य हूनू पर्दछ, एउटै कामना हूनू पर्दछ । देशको उन्नति र अधोगति हामीहरुकै हातमा छ । पहिले देश अनि मात्र आफू भन्ने भावना हामी सबैमा हूनू अत्यावश्यक छ । हामीले कर्तव्य पुरा गर्यौँ भने हामी उठ्छौं । निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउनै पर्दछ । मेची महाकाली – देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो – सनातन हाम्रो संस्कार हो । न जाती न भाषा, सबै नेपालीको एउटै आशा । पहाडका गाउँ गाउँमा आधूनिकताको लहर बिस्तार गरौँ, तराईका फाँटहरुलाई झूलाउँ र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफुल प्रशोधन बढाऔँ, जडिबूटी उद्योग खोलौं र देशलाई आफ्नै स्रोतशक्तिबाट धनधान्यपुर्ण पारौँ।’ शाहद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको शुभकामना सन्देश
नेपाली दिदीबहिनी तथा दाजूभाइहरु,
आज हामी अर्को नयाँ वर्ष विक्रम सम्वत् २०७८ मा प्रवेश गदैंछौँ । सदाझैँ हामी नेपालभित्र र विश्वका विभिन्न भुभागमा रहे बसेका समस्त नेपालीहरुमा सूख, शान्ति तथा समून्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
हरेक तिथि बार बित्दै जाँदा नयाँ वर्ष आउँदै जान्छ, स्वभावत हरेक नयाँ वर्षमा सूख, सम्मून्नति, शान्ति र सन्तूष्टिको अपेक्षा हाम्रो रहन्छ तर समय वित्दै जाँदा ती सबै आशा, अभिलाषा चकनाचुर हूँदै जान्छन् । कालक्रममा यस्तो हुनुहुन्न र नेपाली जनताको आकांक्षा पुरा हूँदै जानू पर्दछ भन्ने हाम्रो कामना हो ।
राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हूनू पर्दछ । यसका निम्ति आपसी भाँडभैलो अनमेल र द्वन्दको अन्त हूनू पर्छ अनि समन्वय, सामञ्जस्य पनि रहनू पर्दछ । हाम्रा पिता पुर्खा तथा त्यागी वीर वीरांगनाहरुले जोगाएको हाम्रो साझाबारी नेपाललाई सबै मिलेर स्याहारसूसार गर्नू र सजाउनू छ । यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाली बिना भेदभाव र बिना सँकोच मिलेर जानू छ । अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र पर निर्भरता त्याग्दै जानू पर्ने आवश्यकता हो । टाठाबाठा मात्र सूखी सम्पन्न सूविधाभोगी हुँदै जाने अरु निमूखा सर्वसाधारणहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नै पर्ने हून्छ।
नेपाली हामी फूटेर होइन, शक्ति संरक्षण गरौँ जूटेर । एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ । हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन । सबैको एउटै उदेश्य हूनू पर्दछ, एउटै कामना हूनू पर्दछ । देशको उन्नति र अधोगति हामीहरुकै हातमा छ । पहिले देश अनि मात्र आफू भन्ने भावना हामी सबैमा हूनू अत्यावश्यक छ । हामीले कर्तव्य पुरा गर्यौँ भने हामी उठ्छौं । निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउनै पर्दछ । मेची महाकाली – देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो – सनातन हाम्रो संस्कार हो । न जाती न भाषा, सबै नेपालीको एउटै आशा । पहाडका गाउँ गाउँमा आधूनिकताको लहर बिस्तार गरौँ, तराईका फाँटहरुलाई झूलाउँ र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफुल प्रशोधन बढाऔँ, जडिबूटी उद्योग खोलौं र देशलाई आफ्नै स्रोतशक्तिबाट धनधान्यपुर्ण पारौँ।
यिनै भावनाकासाथ नयाँ वर्ष साच्चिकै नयाँ रहोस् , नयाँ वर्षले वास्तवमै हामीहरुका शोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याओस् ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ