
निर्वाचन आयोग भन्छ- नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस्
१ बैशाख २०७८, बुधबार २१:३८
काठमाडौं । निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ ।
नयाँ वर्ष २०७८ का अवसरमा समस्त मतदातामा शुुभकामना व्यक्त गर्दै आयोगले नागरिकता प्राप्त गर्नासाथ निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा समेत नाम दर्ता गराउन आग्रह गरेको हो ।
आयोगले नागरिकता प्राप्त गरिसकेर पनि मतदाता नामावलीमा नाम समावेश नभएका नागरिकलाई नाम दर्ता गर्न उत्प्रेरित र सहजीकरण गर्न स्थानीय तहको ध्यानाकर्षण गराएको छ । जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीका लागि निरन्तर रुपमा नाम दर्ता भइरहेको जनाउँदै आयोगले राजनीतिक दललाई आफ्ना जिल्ला र स्थानीय संगठनलाई त्यसबारे प्रचारप्रसार गरी सहयोग र सहजीकरण गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।
मतदाता नामावली ऐन २०७३ ले तोकिएको योग्यता पूरा भएका नागरिकको नाम र फोटोसहितको मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था मिलाउन आयोगलाई जिम्मेवारी दिएको छ । मुलुुकका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम सङ्कलन गर्ने कार्य निरन्तर रुपमा गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।
स्थानीय तहको वडाको मतदाता नामावलीमा नाम दर्ता गराउनु नेपाली नागरिकताको प्रमाण प्राप्त गरेका हरेक व्यक्तिको कर्तव्य रहेको आयोगको भनाइ छ । मतदान गर्न योग्यता पूरा भएका कोही पनि व्यक्ति मतदानबाट वञ्चित नहुन् भन्ने आयोगको अभिप्राय छ । मतदानका लागि मतदाता नामावलीमा नाम समावेश हुनुपर्ने अनिवार्य पूर्वशर्त रहेको जनाउँदै आयोगले मतदाता नामावलीमा समयमै नाम दर्ता गराउन सबै नागरिकसँग अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज