Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

खोप लगाएको ९ दिनपछि उत्तर प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

१ बैशाख २०७८, बुधबार २१:५६


भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ कोरोना संक्रमित भएका छन्। मुख्यमन्त्री कार्यालयका कयौँ कर्मचारी र अधिकृतहरु संक्रमित भएपछि गरिएको परीक्षणमा मुख्यमन्त्री आदित्यनाथलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो।

कर्मचारीलाई संक्रमित पाइएपछि मंगलवार उनले आफूलाई सेल्फ आइसोलेसनमा राखेका थिए। सामाजिक सञ्जालमा आदित्यनाथले आफूलाई संक्रमण भएको बताएका छन्। ५ अप्रिलमा उनले कोरोनाविरुद्धको भ्याक्सिनको पहिलो डोज लिएका थिए।

उत्तर प्रदेशमा कोरोनाको दोस्रो लहरका कारण अवस्था झन् झन बिग्रँदो छ। यहाँ सक्रिय संक्रमितको संख्या ९५ हजार भन्दा धेरै पुगेको छ। अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटरको अभाव हुन थालेको छ। पूरा राज्यमा रेमडेसिभिर इन्जेक्सनको अभाव हुन थालेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले गुजरातको अहमदाबादबाट रेमडेसिभिर इन्जेक्सनको ५ हजार डोज मगाइएको छ। उनले अधिकारीहरुलाई तत्काल इन्जेक्सन आपूर्ति गर्न निर्देशन दिएका छन्।

उता दिल्लीमा लगातार बढिरहेको कोरोना संक्रमणबीच राज्य सरकारले फेरि होटल र हलमा कोभिड केयर सेन्टर बनाउने निर्णय लिएको छ। स्वास्थ्य मन्त्री सत्येन्द्र चौहानले अहिलेलाई अस्पतालमा बेड र भेन्टिलेटरको कुनै कमी नभएको बताएका छन्। तर बढ्दो मामिलालाई देखेर पूर्वतयारी गरिएको छ।

भारतमा मंगलवार एक लाख ८५ हजार १०४ नयाँ संक्रमित थपिएका छन्। हिजो मात्रै ८२ हजार २३१ संक्रमित निको भएका छन्। अहिले भारतमा एकै दिन १ लाख १ हजार ८३५ जना सक्रिय संक्रमित थपिएका छन्। नयाँ संक्रमितको आँकडाले पनि उचाइ लिएको छ।

पहिलो पटक सक्रिय संक्रमितको संख्या पनि एक लाखमाथि बढेको हो। मृतकको आँकडा पनि यस वर्ष पहिलो पटक एकै दिनमा १ हजार माथि पुगेको छ। गत वर्ष १५ सेप्टेम्बरमा एकै दिन पहिलो लहरको महामारीका क्रममा भारतमा सबैभन्दा धेरै १२ सय ८१ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग