
कोरोनाः १४ जिल्ला उच्च जोखिममा, विद्यालयमा नजान अपील
२ बैशाख २०७८, बिहीबार १७:४९
काठमाडौं। नेपालमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण तिब्र रुपमा बढेपछि सरकारले देशका १४ जिल्लालाई उच्च जोखिममा राखेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै काठमाडौंसहित १४ जिल्लालाई उच्च जोखिम भएका जिल्लामा राखेको हो।
मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, चितवन, पर्सा, बारा, मोरङ, वागलुङ, दाङ, बाँके, सुर्खेत र कैलालीलाई उच्च जोखिममा राखिएको छ। यी जिल्लाहरुमा संक्रमणको उच्च जोखिम रहेको भन्दै विद्यालय बन्द गर्नुपर्ने अवस्था भए पनि बन्द नगरिएको मन्त्रालयले बताएको छ। तर, विद्यालयलगायत भीडभाड हुने क्षेत्रमा सहभागी नहुन अपील गरिएको छ। मन्त्रालयका अनुसार बिहीबारमात्र ४९० जना नयाँ संक्रमित थपिएका छन्।
काठमाडौंलगायतका जिल्लामा बेलायती भेरिअन्टको कोरोना भाइरस फैलिएको भन्दै सरकारले यसअघि पनि कडाइका लागि अनुरोध गरेको थियो। यसअघि कोभिड संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले विद्यालय बन्द गर्न सुझाव दिए पनि निजी विद्यालयका सञ्चालकहरुले चेतावनी दिएपछि सरकारले विद्यालय बन्दको निर्णय लिन सकेको छैन।
यस्तै सरकारले कोरोना उपचार शुल्कको सीमा पनि तोकेको छ। ५० प्रतिशतभन्दा बढाउन नपाउने गरी निजी अस्पतालले औषधिबाहेक अस्पताल खर्च जटिल बिरामीका लागि ७ हजार रुपैयाँ तोकिको छ।
युवा र बालबालिकामा संक्रमण र मृत्यदर बढ्यो, यी ८ काम नगर्नु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,