Lifestyle Portal
  •   १२ चैत्र २०७९, आईतवार

पिएचडी गर्नेलाई एक लाखको ‘नइ शोध पुरस्कार’

२ बैशाख २०७८, बिहीबार २०:५०

लोकप्रिय

काठमाडौँ । नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक लाख रुपियाँ राशि सहित नइ शोध पुरस्कार समर्पण गरिने निर्णय भएको छ ।

राष्ट्रकवि डा. माधवप्रसाद घिमिरे, वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्वनारी रत्न डा. वानीरा गिरीका व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई नइ शोध पुरस्कार समर्पण गरिने भएको हो ।

नइ प्रकाशनद्वारा नै उपाधि, सम्मान र पुरस्कारले विभूषित माथि उल्लेखित पाँच जना साधकमध्ये सम्बन्धित एक जनाको नाउँ जोडेर हरेक साल नइ शोध पुरस्कार समर्पण गर्ने निर्णय गरिएको छ ।

नइ रजत महोत्सवका अध्यक्ष वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति