
स्वीडेनमा शुक्रकीट अभाव, गर्भाधानका लागि ३० महिना कुर्नुपर्ने
३ बैशाख २०७८, शुक्रबार ०८:४३
स्वीडेन । स्वीडेनमा कोरोना महामारीका कारण पुरुषहरु अस्पताल आउने क्रम कम भएसँगै शुक्रकीट अभाव भएको छ ।
महामारीको जोखिमका कारण गर्भाधानमा सघाउ पुर्याउने सम्भावित पुरुषहरुको अस्पताल आउने संख्या कम भएका कारण शुक्रकीट अभाव भएको न्युज स्काइले जनाएको छ ।
देशभरका विभिन्न स्थानमा रहेका स्वास्थ्य सेवा केन्द्रहरुमा आएर पुरुषहरुलाई वीर्य दान गर्न पनि आग्रह गरिएको छ । अब सन्तान जन्माउन चाहने महिलाले शुक्रकीटका लागि करिब ३० महिना पर्खिनुपर्ने भएको छ ।
गोथेनबर्ग विश्वविद्यालय अस्पतालको प्रजनन् युनिटका प्रमुख एन थुरिन जेलबर्गले भनिन्, “अहिले शुक्रकीटको समस्या देखिएको छ । गत वर्ष अहिलेसम्मकै कम डोनरहरु आएका थिए ।”
स्वीडेनमा कोरोना संक्रमितको संख्या १३ हजार ७२० रहेको छ । यो विश्वभरका विभिन्न मुलुकहरुको तुलनामा निकै कम संख्या हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,