
प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठक क-कसले गरे बहिष्कार ?
४ बैशाख २०७८, शनिबार १६:०१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर मुलुकलाई संकटमा पुर्याउने प्रतिगमनकारी गतिविधि गरेको भन्दै पूर्वप्रधानमन्त्रीहरुले सर्वदलीय बैठक बहिष्कार गरेका छन् ।
ओलीले बोलाएको सर्वदलीय बैठक पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले बहिष्कार गरेका छन् ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीका साथै जनमोर्चाको प्रतिनिधि पनि रहेको बताइएको छ ।
संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीसँगै उनको समूहका नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायत छन्।
प्रचण्डले बैठक बालुवाटारमा राखिएको भन्दै बहिष्कार गरेको हुन् । नेता नेपाल र खनाललाई भने खबर नै नगरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै
वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,
काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले
काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ