Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

देशभर आजको मौशम कस्तो ?

५ बैशाख २०७८, आईतवार ०९:३७


काठमाडौं । नेपालमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल पहाडी भू–भागमा आंशिक बदली रहेको छ र बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज (आइतबार) देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन, चट्याङ, हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

भोली देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन,चट्याङ,हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

मंगलबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ