
राष्ट्र बैंकले पाँच अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै
५ बैशाख २०७८, आईतवार १७:३३
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पाँच अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
जारी मिती बैशाख सात गते तोकिएको ट्रेजरी खरिदका लागि बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।
बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको २० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ । सो मध्ये ९१ दिने ट्रेजरीकाे परिपक्व हुुने अवधि २०७८ साउन पाँच गते र एक सय ८२ दिने टे«जरीको परिपक्व हुुने अवधि बिसं २०७८ कार्तिक दुई गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसअघि यही चैत ३० गते पनि राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो