
कांग्रेसले फेरि परिमार्जन गर्यो क्रियाशील सदस्यता नवीकरण र वितरणको समयावधि
६ बैशाख २०७८, सोमबार २२:४३
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको विवरण ‘इन्ट्री गर्ने समायवाधि फेरि परिमार्जन गरेको छ । केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता नवीकरण र वितरणको विवरण ‘इन्ट्री गर्ने समायवाधि फेरि परिमार्जन गरेको हो ।
निर्धारित समयावधि भित्र जिल्लाहरुबाट क्रियाशील सदस्यहरूको पूर्ण विवरण केन्द्रीय कार्यालयमा नपुगेका कारण महाधिवेशन कार्यतालिका हेरफेर गरिएको कांग्रेसले जनाएको छ ।
महाधिवेशनको कार्यतालिका तय गर्न केही महिना अघि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले चैत १० गतेसम्म क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको थियो ।
तोकिएको समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य सम्पन्न नभएपछि चैत २० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो ।
आइतबार बसेको बैठकले अब वैशाख १५ गतेभित्र सबै क्रियाशील सदस्यहरुको विवरण ‘इन्ट्री’ गरिसक्नु पर्ने केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिएका छन् ।
“१५ गते राति १२ बजे कम्प्युटरमा सिस्टम बन्द हुन्छ । त्यसपछि रोकिन्छ । यसपछि इन्ट्री हुन सक्दैन,” बैठक पछि आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक लेखकले भने ।
कांग्रेसले अन्य जिल्लाले वैशाख १५ मा क्रियाशील सदस्यहरुको विवरण ‘इन्ट्री’ गरिसक्नुपर्ने भए पनि सप्तरी, सिन्धुपाल्चोक, बारा र सोलुखुम्बुलाई वैशाख ३० सम्मको सुविधा दिएको छ ।
संयोजक लेखकअनुसार सोमबार दिउँसो २ बजेसम्म छ लाख पाँच हजार चार सय तीन जना क्रियाशील सदस्यहरुको विवरण सूचीकृत गरिएको छ । जसमध्ये तीन लाख १९ हजार तीन सय ३५ जनाको सदस्यता नवीकरण गरिएको हो भने दुई लाख ८६ हजार ६८ जना नयाँ क्रियाशील सदस्य थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा