घाइते जरायोको उद्धार


सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा घाइते जरायोको उद्धार गरिएको छ । काँक्रेविहार संरक्षण क्षेत्रबाट घाइते भइ वीरेन्द्रनगरको बजार क्षेत्र पसेको जरायोको उद्धार गरिएको हो ।

काँक्रेविहारबाट बजार क्षेत्रमा पसको उक्त जरायो कालुन्चोक नजिकैको चौरमा घाइते अवस्थामा भेटिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार उक्त जरायोको डिभिजन वन कार्यालयमा राखि उपचार भइरहेको छ ।


Loading comments...