Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

भारतमा कोरोनाविरुद्धको खोप कोभिसिल्डको मूल्य ६००

८ बैशाख २०७८, बुधबार २३:५०

लोकप्रिय

काठमाडाैं- भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपकाे नयाँ मूल्यसूची सार्वजनिक गरेकाे छ।

भारत सरकारले खोपको नयाँ चरणको घोषणा गरेसँगै कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो। नयाँ मूल्यसूची अनुसार प्रदेश सरकारलाई ४०० रुपैयाँ प्रतिडोजमा खोप उपलब्ध गराइने छ।

यस्तै, निजी अस्पताललाई ६०० रुपैयाँमा प्रतिडोजमा खोप बेच्ने कम्पनिले जनाएकाे छ।

यसअघि केन्द्र सरकारले मात्रै खोप खरिद र वितरणको काम गर्दै आएको थियो। अब भने भारतमा निजी अस्पताल र प्रदेश सरकारले खोप खरिद गरेर लगाउन सक्ने छन्।

उत्पादन भएकोमध्ये ५०% खोप अझै पनि केन्द्र सरकारले नै राख्ने छ भने बाँकी खोप मात्रै प्रदेश सरकार र निजी अस्पताललाई कम्पनीले बिक्री गर्न पाउने छन्।

नेपाल सरकारले पनि यही खाेप वितरण गर्दै आएकाे छ। सरकारले प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिदकाे थियाे।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन