
नेपालका प्रथम द भ्वाइस अफ नेपाल सीडी बिजय अधिकारीको नयाँ गीत बजारमा ( भिडियो सहित )
३ पुष २०७५, मंगलवार ११:५२
विश्व स्थरिय चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को उपाधि पोखराका सी.डी. विजय अधिकारी जिते ।कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा शुक्रबार राती सम्पन्न फिनालेबाट अधिकारी पहिलो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन् । उनको नयाँ गित बजारमा आएको छ। संगै जिउने संगै मर्ने बोलको गीत बजारमा आएको हो ।
यस गीतमा शव्द डाक्टर डी आर उपाध्यको रहेको छ भने बुलु मुकारुंगको संगीत रहेको छ। मार्मिक शब्दले सजिएको भाबुक यस गीतमा सि डी बिजए अधिकारीको स्वर रहेको छ ।
सि डी बिजए अधिकारी लाई चर्चित कलाकार सुन्तलीले अधिकारी पहिलो द भ्वाइस अफ नेपाल बनेको घोषणा गरेकी थिईन । सो अघि फिनालेमा पुगेका अधिकारीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए । द भ्वाइस अफ नेपालको टाइटल विजेता अधिकारीले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाएका छन् । दर्शकले दिएको भोटको आधारमा उनी पहिलो नेपाल आइडल बन्न सफल भएका हुन् ।
कम भोट प्राप्त गरेका कारण सिर्जय थपलिया, सप्तक दुर्तराज र कुशल आचार्यको पहिलो भ्वाइस अफ नेपाल बन्ने सपना चकनाचुर भयो ।शोमा सनुप पौडेल, दीप श्रेष्ठ, प्रमोद खरेल र अभया सु्ब्बा कोचको भूमिका रहेका थिए । फिनालेमा अभया भने व्यक्तिगत कारण देखाउँदै अनुपस्थित रहिन् । द भ्वाइस विश्वका १९२ भन्दा बढी देशहरुमा सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि धेरैको मन जित्न सफल भयो ।
हेर्नुहोस बिजएको गित भिडियोमा
https://www.youtube.com/watch?v=mIouPrcan8I
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०
डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त
नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू