
स्वास्थ्य मन्त्रालयले भन्योः संक्रमण दर बढ्यो, आदेश पालना नगरे कारबाही गर्छाैं
८ बैशाख २०७८, बुधबार २३:५७
काठमाडौं- सरकारले जारी गरेको आदेश पालना नगर्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई अपिल गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको दर न्यूनीकरणको लागि जारी गरिएको आदेश पालना नगर्नेलाई कारबाही गर्न अपिल गरेको हो।
यस्तै, सरकारको आदेश पालन नगरि गरिएको गतिविधिका कारण कोरोना संक्रमण फैलिए सम्बन्धित संघ-संस्थाले उपचार गर्नुपर्ने मन्त्रालयले चेतावनी दिएको छ।
‘सरकारले जारी गरेको आदेश उल्लघंन गरी भएका गतिविधिहरुका कारण कोरोना संक्रमण भएमा संक्रमितको परीक्षण, उपचार सम्बन्धित संघ-संस्था वा निकाय आफैले खर्चमा व्यहोर्नुपर्नेछ,’ मन्त्रालयलले भनेको छ।
दैनिक रुपमा एक सयभन्दा कम रहेको संक्रमण दर पछिल्ला दिनहरुमा तीव्ररुपमा बढेर हाल दुई हजारबाट गुणत्मक रुपमा उकालो लागेको मन्त्रालयले जनाएको छ । यस्तै, संक्रमण भएर जोखिमपूर्ण स्वास्थ्य अवस्था लिएर अस्पताल पुग्ने तथा मृत्यु हुनेहरुको संख्या डरलाग्दो तरिकाले बढिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो