Lifestyle Portal
  •   ५ कार्तिक २०७८, शुक्रबार

राष्ट्रियसभा उपनिर्वाचन ६ जेठमा हुने

१० बैशाख २०७८, शुक्रबार ००:०६

काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि ६ जेठमा उपचुनाव हुने भएको छ । राष्ट्रियसभा सदस्य रामबहादुर थापाको रिक्त पदपूर्तिको लागि आउँदो जेठ ६ गते उपचुनाव हुने निर्वाचन आयोगले जनाएको छ ।

कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा त्यसको ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले उपचुनाव गरी पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

निर्वाचन आयोगले उपचुनावको लागि आजदेखि तयारी थालेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएको छ । उपचुनावमा गाउँपालिका, नगरपालिका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरु मतदाता रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त समारोहमा

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ

लण्डन । द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ