Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

कोरोना बढेपछि भरतपुर अस्पतालले भन्यो– अत्यावश्यक परे मात्रै आउनू

१० बैशाख २०७८, शुक्रबार ०१:२७


चितवन । भरतपुर अस्पतालले सर्वसाधारणलाई अति आवश्यक परे मात्रै अस्पताल आउन आग्रह गरेको छ । अस्पतालले अपिल जारी गरेर सर्वसाधारणलाई अति आवश्यक परे मात्रै अस्पताल आउन आग्रह गरेको हो ।

अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने जनाएको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीद्वारा जारी अपिलमा कोरोनाको संक्रमणको अनुपात दिनानुदिन बढ्दै गइरहेकाले अस्पतालमा धेरै भीडभाड हुँदा संक्रमणको जोखिम बढी हुने जनाइएको छ ।

अपिलमा भनिएको छ, “अति आवश्यक अवस्थामा मात्र अस्पतालमा आउनु हुन विनम्र अनुरोध गर्दछौँ ।” अस्पतालमा सेवा लिन आउँदा पनि जनस्वास्थ्यका मापदण्ड मास्क लगाउने, साबुनपानीले समय–समयमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नेजस्ता कार्य अनिवार्य रूपमा पालना गर्न पनि अपिलमा आग्रह गरिएको छ । अपिलमा कोभिड संक्रमण हुनबाट आफू बच्न र अरुलाई पनि बचाउन भनिएको छ ।

अस्पतालमा १९ जिल्लाका दुई हजारभन्दा बढीसम्म बिरामी दैनिक उपचारका लागि आउने गरेको तथ्यांक छ । चितवनमा हालसम्म कोरोना संक्रमितको संख्या सात हजार एक सय ४९ पुगेको छ । तीमध्ये सक्रिय संक्रमित दुई सय १० रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

संक्रमितमध्ये एक सय ८० होम आइसोलेसन र ३० जना अस्पतालमा उपचाररत रहेको कार्यालयका प्रमुख दीपक तिवारीले जानकारी दिएका छन् । उनका अनुसार कारोना संक्रमणबाट चितवनमा एक सय १४ जनाको मृत्यु भइसकेको छ .

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न