Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

अस्ट्रेलियाद्वारा ‘बेल्ट एन्ड रोड’ परियोजना रद्द, चीनले दियो धम्की

१० बैशाख २०७८, शुक्रबार ०२:३०


नयाँ दिल्ली । अस्ट्रेलियाले चीनको महत्वाकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड’ सँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । अस्ट्रेलियाकी विदेशमन्त्री मेराइस पेनले चीनसँग गरिएका चार वटा सम्झौताहरु रद्द गर्ने घोषणा गरेकी थिइने ।

उक्त घोषणामा ‘बेल्ट एन्ड रोड’ परियोजनाका दुई सम्झौताहरु परेका छन् । खारेजमा परेका दुबै सम्झौताहरु अस्ट्रेलियाले नगरेर उसको भिक्टोरिया प्रान्तले २०१८ र २०१९ मा चीनसँग गरेको थियो ।

अस्ट्रेलियाको संघीय सरकारलाई डिसेम्बरमा कुनै प्रान्त वा विश्वविद्यालयद्वारा लिइएका निर्णयहरु रद्द गर्न सक्ने ‘भिटो पावर’ (विशेषाधिकार) दिइएको थियो । विदेश मन्त्री पेनले बयान जारी गर्दै सम्झौता रद्द गरिनुको कारण विदेश नीति भएको बताएकी छन् ।

उता चीनले अष्टे«लिया सरकारको उक्त फैसलाप्रति आपत्ति जनाएको छ । अस्ट्रेलियामा अवस्थित चिनियाँ दूतावासले फैसलालाई ‘चीनविरद्ध अस्ट्रेलियाली पक्षले उठाएको एक अर्को अनुचित र उत्तेजक कदम’ भनेको छ ।

चिनियाँ दूतावासले बयानमा भनेको छ, “चीन–अस्ट्रेलिया सम्बन्ध सुमधुर बनाउनमा अस्ट्रेलियाली सरकार कुनै इमान्दारी नदेखइरहेको देखिएको छ ।” चिनियाँ दूतावासले अस्ट्रेलियाको नयाँ कदम द्विपक्षीय सम्बन्धहरुलाई नोक्सान पु¥याउने र यसले केवल स्वयम्लाई नोक्सान पु¥याएर समाप्त हुनेछ ।”

२०१८ मा चिनियाँ टेक कम्पनी ख्वावेमाथि फाइभ जी नेटवर्कका लागि प्रतिबन्ध लगाएपछि दुबै देश बीचको चिसिएको सम्बन्ध अहिले तनावपूर्ण छ । ‘बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात ‘वन बेल्ट, वन रोड’ (ओबीओआर) चीनको महत्वाकांक्षी परियोजना हो । चीनले ओबीओआरलाई ऐतिहासिक ‘सिल्क रूट’ को आधुनिक अवतार भनेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग