Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

सन् २०२३ मा सर्वसाधारणले चन्द्रमाको परिक्रमा गर्ने कुरा हल्ला हो कि के हो?

१० बैशाख २०७८, शुक्रबार २२:४८


यो एक हल्ला नभएर सत्यकुरा हो। अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेस एक्सले सन् २०१८ सेप्टेम्बर १८ का दिन एक पत्रकार संमेलन गर्दै यस यात्राको विषयमा बताएका थिए। साथै ईलोन मस्कले उक्त कार्यक्रममा जापानी नागरिक युसाकु माईजावालाई प्रथम निजी यात्रुको रुपमा सार्वजनिक गरेका थिए। कार्यक्रममा ईलोन मस्कले उक्त मिसन तथा युसाकुले आफ्नो बारेमा बताउदै सुरु गरिएको कार्यक्रममा प्रस्नोत्तर कार्यक्रम पनि आयोजना गरिएको थियो। जहाँ स्पेस-एक्सको बिएफआर (हाल स्टारसिप) को बारेमा निकै प्रस्नहरु सोधिएका थिए। उपस्थितमध्ये एक पत्रकारले यसमिसनको मुल्य सोधेका थिए। प्रत्युत्तरमा ईलोनले यस मिसन डेभलपमेन्टको मुल्य करिब पाँच बिलियन अमेरिकी डलरको हाराहारीमा हुने बताएका थिए। साथै स्टारसिपमा बढीमा १०० जना यात्रीलाई पृथ्वीबाट चन्द्रमा तथा मंगलग्रहमा लान सकिने बताएका थिए ।

स्टारसिपको पहिलो यात्री भनी चिनाईएका युसाकुलाई उहाँले भ्रमणको लागि किस्ता तिरे नतिरेको सोधिएको थियो। युसाकुले आफुले पैसा तिरेको बताएका थिए भने त्यसको पुष्टि ईलोनले स्टेजबाटै गरे ।

कार्यक्रममा ईलोनले यो मिसन एकदमै खतरा भएको भए पनि युसाकुले आफुलाई संपर्क गरी यात्री बन्न चाहेको र पैसा पनि दिएको कुरालाई मध्यनजर गर्दै युसाकु एक वीर पुरुष भएको बताएका थिए। साथै युसाकुले आफ्नो लागि मात्र नभई सम्पूर्ण सिट खरिद गरेर विश्वका उत्कृष्ट कलाकारहरूलाई यात्रामा लाने सुनाएसंगै महान व्यक्ति भनी संबोधन गरेका थिए।

युसाकुले आफ्नो प्रोजेक्टलाई ‘डियरमुन’ नाम दिदै त्यसबेला कलाकारलाई निःशुल्क लिएर जाने बताएका भएपनि पछि सबै मानिस आफैंमा कलाकार हुन् भन्दै सन् २०२१ मार्चमा आवेदनका लागि विश्वभरबाट आवेदन आह्वान गरेका थिए। यस आह्वानमा विश्वका २४९ देशबाट करिब १ मिलियन आवेदन दर्ता गराएको जानकारी डियरमुन प्रोजेक्टको आधिकारिक वेबसाईटमा पाइन्छ।

को हुन् युसाकु अनि उनि किन यो काम गर्न खोज्दैछन्?
युसाकु एक जापानी अर्बपती हुन्। जोजो नामक अनलाइन कपडापसलका मालिक उनी स्टारसीपको प्रथम यात्रा मार्फत् विश्वमा शान्तिको सन्देश दिन जान्छन्। उनी भन्छन् पृथ्वीको सबैभन्दा नजिकको आकाशीय पीण्ड तथा मानव सभ्यतामा सदैव मूख्य भुमिका तथा प्रभाव राख्ने चन्द्रमाको परिक्रमा गरेर म विश्वमा शान्ति फैलाउन चाहन्छु। यो मेरो ड्रिम हो। मैले कमाएको पैसाले म एकालैमात्र नभई विश्वका अरू आठ व्यक्तिलाई म साथमा लिएर जान चाहन्छु।

हामी नेपालीले यो प्रोजेक्टलाई गंभिररुपमा लिन किन जरूरी छ?
नेपालको आफ्नै छुट्टै अन्तरिक्ष कार्यक्रम नभएको अवस्था तथा समग्र विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा न्युन लगानी भईरहेको अवस्थामा यो प्रोजेक्टले निःशुल्क एक अन्तरिक्षयात्री पाउन सक्छ। जसले युवापुस्ताको मनोवललाई उच्च राख्दै उत्पादनमूलक कार्यमा अग्रसर हुन उत्प्रेरणा प्रदान गर्नेछ। साथै विश्वले नेपाललाई एक नयाँ विषयमा चिन्नेछ र नेपालको अन्तराष्ट्रिय मंचमा व्यापक प्रचारप्रसार हुनेछ। यसले नेपाल घुम्न आउने पर्यटकको संख्या खासगरी पश्चिममा देसबाट बढ्ने प्रवल संभावना छ। नेपाललाई विश्वमानचित्रमा सधै गरिब, विपन्न, अल्पविकसित, आदि नामले र विशेषतः सगरमाथाले चिनिदै आएकोमा नेपालको पहिचानको एउटा नयाँ आयाम थपिनेछ। त्यसैले नेपालले यो प्रोजेक्टलाई सिरियसली लिन जरूरी छ।

यो प्रोजेक्टले सुरेशलाई आर्थिक फाइदा छ?
यदि यो प्रोजेक्टमा सुरेश भट्टराई सेलेक्ट भए भने प्रत्यक्षरुपमा आर्थिक लाभ भन्दा पनि क्षय नै होला। किनकि यदि सेलेक्ट भए तालिमको लागि एक देखि डेढ वर्ष समय खर्चनुपर्ने हुन्छ। यो समय सुरेशको अन्य सम्पूर्ण गतिविधि थप्प हुनेछ। सायद आर्थिक संकट पनि आउन सक्छ। तर समरिक रुपमा समग्र राष्ट्रलाई ठुलो फाइदा हुन सक्छ। साधै मिसन पछि सुरेशको जीवनमा केहि आर्थिक फाइदा हुनसक्छ। यदि उनले जाने मौका पाए भने उनको आफ्नो क्षेत्रमा भईगरेका काममा उनी सेलिब्रेटी त हुने नै भए समग्र नेपाल तथा यस भेग (साउथ एसिया) कै सेलिब्रेटी हुनेछन्।

यदि यो मिसन हुने भयो र सुरेश भट्टराई सेलेक्ट भए भने नेपाललाई स्पेस साइन्समा कस्तो फाइदा होला?
यदि सुरेश भट्टराईले यस मिसनमा जाने मौका पाए भने सर्वप्रथम त नेपालीको मनोवल उच्च हुनेछ। जसले गर्दा उनीहरुको उत्पादनशील समय बढी हुनेछ। सुरेशको सपना हकिकत भयो भने अरू लाखौंले पनि सपना देख्न र त्यसलाई साकार पार्न निरन्तर प्रयत्‍न गरेछन्। जसले गर्दा हाल देशमा देखिएको उद्यमशीलताको खाडल केहिहदसम्म पुरिनेछ। नेपाली विद्यार्थीले पनि अन्तरिक्ष विज्ञानको क्षेत्रमा थप काम गर्ने मनोबल पाउनेछन्। नेपालको अन्तर्राष्ट्रिय समुदायमा नयाँ परिचय बनेसंगै यस क्षेत्रमा वैदेशिक लगानीका अवसरहरु जुट्नेछन्। नेपाल खगोल तथा अन्तरिक्ष विज्ञानका लागि उर्बरभूमी भएता पनि अन्तर्राष्ट्रिय समुदायमा यस विषयमा परिचित नभईरहेको अवस्थामा यस मिसनले सुरेशलाई अन्तर्राष्ट्रिय मंचमा प्रचारकको रुपमा प्रस्तुत गर्दै नेपालले थुप्रै संभावनाहरूको पहिचान गर्न सक्छ। नेपालमा विभिन्न समुहहरूको व्यक्तिगत तथा सामुहिक प्रयासमा छिटपुटरुपमा यसक्षेत्रमा भईरहेका गतिविधिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकार लिन सक्नेछन्।

#DearMoon #Naso #SureshBhattarai

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको