
ताप्लेजुङको पाथीभरा मन्दिर पनि आजदेखि बन्द
११ बैशाख २०७८, शनिबार १०:०४
ताप्लेजुङ । कोरोना भाइरसको महामारी दोस्रो लहरमा पुनः वढेसँगै देशभरका प्रायः सबै धार्मीकस्थलहरु बन्द गरिएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका सबै धार्मीक क्षेत्रहरु बन्द हुने क्रम जारी छ ।
यसैक्रममा ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पनि आजदेखि बन्द गरिएको छ । वैशाख ७ गते नै मन्दिरमा दर्शन बन्द हुने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए ।
मन्दिर बन्द गर्ने निर्णय आजदेखि कडाइका साथ लागू भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । ‘झापा, इलाम र पाँचथर प्रशासनसँग पनि समन्वय गरेको छु,’ पाण्डेले भने, ‘मन्दिरका लागि हिँडेकालाई त्यहीबाट फर्काइदिन अनुरोध गरेको छु ।’
सरकारले यसअघि नै मठ, मन्दिर, गुम्बा, चैत्य बन्द गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय