Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार
health ministry

‘अहिलेकै दरमा कोरोना सङ्क्रमित थपिए अस्पतालमा ठाउँ हुँदैन’

१२ बैशाख २०७८, आईतवार १४:३३


काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना भाइरस सङ्क्रमित थपिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने चेतावनी दिएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति निकाल्दै सङ्क्रमणको बढ्दो दरलाई रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने चेतावनी दिएको हो ।

कोरोना सङ्क्रमितको उपचारका लागि कुनै पनि औषधि उपाय विकास नभइसकेकाले अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्डहरू नै निर्विकल्प रहेको मन्त्रालयले जनाएको छ ।

छिमेकी देशमा बढेको सङ्क्रमणले त्यहाँको स्वास्थ्य प्रणाली नै तहसनहस भएको भन्दै मन्त्रालयले त्यो हृदय विदारक घटना हाम्रोमा पनि देखिन सक्ने भएकाले समयमै सुरक्षाका उपाय अपनाउन आग्रह गरेको हो ।

यस्तो संवेदनशील समयमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न पनि मन्त्रालयले सबैसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको