
सीसीएमसीको सिफारिसः सीमामा प्रतिबन्ध, परीक्षा स्थगित, सक्रिय संक्रमितको आधारमा निशेधाज्ञा
१३ बैशाख २०७८, सोमबार ००:१६
काठमाडौं। कोरोना संक्रमण तिब्ररुपमा बढेपछि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले महत्वपूर्ण सिफारिसहरु गरेको छ।
सीसीएमसीको बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमण बढेको भन्दै आवश्यक निर्णयका लागि सिफारिस गर्न सीसीएमसीलाई निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि बसेको सीसीएमसी बैठकले भारत हुँदै नेपाल आउने विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन सिफारिस गरेको छ।
यस्तै हाल जारी रहेका सबै परीक्षा शुरु हुन लागेका सबै परीक्षा तत्काल स्थगित गर्न सिफारिस गरेको छ। हाल स्नातक तहको परीक्षा चलिरहेको छ भने विद्यालय तहमा पनि परीक्षाको तयारी चलिरहेको छ। यस्तो बेला भएको सीसीएमसीको यो निर्णयले अब परीक्षा स्थगित हुने भएका हुन्। तर, मन्त्रिपरिषदले सीसीएमसीको सिफारिसबारे निर्णय गरेमात्र लागु हुनेछ।
यस्तै सीसीएमसीले सक्रिय संक्रमितको संख्याका आधारमा निषेधाज्ञा लागु गर्न जिल्ला प्रशासन कार्यालयलाई अधिकार प्रत्यायोजन गर्न सिफारिस गरेको छ।
सीसीएमसीले पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निशेधाज्ञा लागु गर्न सक्ने अधिकार प्रत्योजन गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो।
नेपालमा पछिल्लो एक हप्तामा १० हजार नयाँ संक्रमणका केस पुष्टि भएका छन्। आइतबारमात्र ३ हजारभन्दा धेरै संक्रमित भएका छन्।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ