
कोरोना पुष्टि हुनेमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेरका
१३ बैशाख २०७८, सोमबार १९:२७
काठमाडौं । २४ घण्टामा सबैभन्दा धेरै २० देखि २९ वर्ष उमेर समूहकालाई कोरोना संक्रमण पुष्टि भएको छ । ८८३ जना २० देखि २९ वर्षका संक्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
९ वर्षसम्मका ६३ बालबालिका पनि आजै संक्रमित भएका छन् । ८५० जना ३० देखि ३९ वर्ष उमेर समूहका रहेका छन् ।
२७३ जना १० देखि १९ वर्षका, ६०७ जना ४० देखि ४९ वर्षका, भने ५० देखि ५९ वर्षका ४५० जना रहेका मन्त्रालयले जनाएको छ । ६० देखि ६९ का २१६ जना छन् ।
पछिल्लो २४ घण्टामा देशभर ३५ सय ५६ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन् । त्यस्तै, १२ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । त्यस्तै, आज ३ सय ७८ जनाले कोरोनालाई जितेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर ६५ जना क्वारेन्टाइनमा रहेको र देशभर २२ हजार ४ सय ३४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले