Lifestyle Portal
  •   १२ चैत्र २०७९, आईतवार

नेपालमा भयावह बन्दै कोरोना, मृत्यु हुनेको संख्या हरेक दिन दोब्बर

१४ बैशाख २०७८, मंगलवार ००:२०

लोकप्रिय

काठमाडौं, नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या हरेक दिन दोब्बर हुन थालेको छ ।

पछिल्लो एक साताको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या अप्रत्यासित रुपमा बृद्धि भएको देखिन्छ । बैशाख ७ गते देशभर ३ जनाको कोरोनाका कारण मृत्यु भयो । त्यसको भोली पल्ट बैशाख ८ गते मृत्यु हुनेको संख्या ६ पुग्यो । त्यस्तै बैशाख ९ र १० गते ५/५ जनाले कोरोनाका कारण ज्यान गुमाए ।

बैशाख ११ गते नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो । उक्त दिन देशभर १४ जना संक्रमितहरुको मृत्यु भयो भने त्यसको भोलि पल्ट अर्थात बैशाख १२ गते आइतवार दोब्बर २८ जनाको कोरोनाका कारण मृत्यु भयो ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका आधारमा नेपालमा कोरोना संक्रमितको संख्या दैनिक दोब्बर रुपमा बृद्धि हुन थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या पनि दैनिक बृद्धि भइरहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३१ सय २२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ९ हजार २ सय ९२ पीसीआर र ७ सय ८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा सङ्क्रमण भएको हो ।

यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् ।

मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२ दशमलब ५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा