Lifestyle Portal
  •   ९ कार्तिक २०७८, मंगलवार

स्पष्टीकरण सोधिएकै भरमा अन्तरिम आदेश दिन मिल्दैन : सर्वोच्च

१४ बैशाख २०७८, मंगलवार ०१:२१

काठमाडाैं । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानविपरीत आफूहरुलाई कारबाही गरेको उल्लेख गर्दै उनीहरुले दर्ता गराएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले आज स्पष्टीकरण सोधिएको भरमा अन्तरिम आदेश दिन नमिल्ने र दुवै पक्षको छलफलपछि मात्र यो विषयमा निर्णयमा पुग्न उपयुक्त हुने आदेश जारी गरेको हो ।

निर्वाचन आयोग, एमाले अध्यक्ष ओली, सभामुख अग्निप्रसाद सापकोटा, महासचिव ईश्वर पोखरेललगायतलाई विपक्षी बनाई पार्टीका नेता नेपाल, नेताहरू रावल, भुसाल र पाण्डेले पार्टीको कानूनविपरीत कारबाही भएको हुँदा बदर गर्न माग गर्दै यही वैशाख ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

उक्त निवेदनको प्रारम्भिक सुनुवाइपछि उक्त आदेश जारी गरेको हो । अदालतले प्राथमिकता (अग्राधिकार) दिएर सुनुवाइ गर्ने आदेशमा उल्लेख गरेको छ । आदेशमा भनिएको छ, “पार्टीको आन्तरिक कार्य व्यवस्थापनको सिलसिलामा स्पष्टीकरण सोधिएकै भरमा मात्र माग गरिएबमोजिमको अन्तरिम आदेश जारी गरिरहनुपर्ने अवस्था नदेखिँदा अन्तरिम जारी गर्नु परेन ।”

सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयमार्फत १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेशमा भनेको छ । निवेदकहरुमाथि कारबाही राजनीतिक दलसम्बन्धी ऐन र संविधानको धारा २६९ विपरीत भए÷नभएको बारेमा अन्तिम फैसला हुँदा निर्णय हुने प्रकृतिको भएको सर्वोच्चको आदेशमा उल्लेख छ ।

रिट निवेदनमा संवैधानिक आयोगमा अभिलेखीकरण भएको दलको संरचना, पदाधिकारी र विधान दलको अन्तिम विवरण भएका उल्लेख गर्दै भनिएको छ, “त्यस विवरण विपरीतका सबै काम कारबाही र निर्णयहरू गैरसंवैधानिक, गैरकानूनी र पार्टी विधान विपरीत हुने देखिन्छ, प्रधानमन्त्री ओलीले गरेकाे कथित कारबाही र त्यसअघिको स्पष्टीकरणसमेत स्वतः गैरकानूनी भएकाले त्यस्ता सबै काम कारबाही उत्प्रेषणको आदेशद्वारा बदर हुनुपर्ने देखिन्छ ।”

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै

T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले