
घरमा कोरोना संक्रमितको हेरचाहमा खटिनेले ध्यान दिनपर्ने कुराहरु :
१४ बैशाख २०७८, मंगलवार ००:५५
काठमाडौं । कोरोना भाइरसको हलुवा वा मध्यम लक्षणका बिरामीलाई घर अथवा होम आइसोलेसनमा रहन चिकित्सकहरु सुझाव दिनुहुन्छ । होम आइसोलेसनमा रहेका संक्रमितको देखभाल गर्ने व्यक्तिमाथि जिम्मेवारी बढी रहन्छ ।
उहाँहरुमा संक्रमितको हेरचाहको अलवा संक्रमणबाट आफु बच्नसमेत विशेष ख्याल राख्न अति जरुरी छ । घरमा नै संक्रमितको हेरचाह गर्ने घरमा अन्य सदस्यहरुले निम्न गाइडलाइन पालना गर्नपर्ने हुन्छ ।
१.यदि तपाई कोरोनाका बिरामीको हेरचाह गर्दै हुनुहुन्छ भने डाक्टरले भन्नुभएको सबै औषधिका बारेमा यथेष्ट जानकारी थाहा पाउन जरुरी हुन्छ । बिरामी र डाक्टरबीचको सम्पर्क कायम राख्दै डाक्टरले बताएअनुसारको निर्देशन पालना गर्नुपर्छ । घरमा रहेका धेरैजसो संक्रमितले एक हप्तापछि स्वास्थ्यमा राम्रो सुधार आएको महसुस गर्छन् ।
२.बिरामीको खानपानको विशेष ख्याल राख्नुपर्छ । बिरामीलाई पर्याप्त तरल पदार्थ खान दिनुपर्छ । ध्यान राख्नुुहोस् कि बिरामीले आराम गर्नुपर्छ । बिरामीको लागि आवश्यक सामन उपलव्ध हुनुपर्छ । सम्भव भएसम्म बिरामीका लागि आवश्यक सामन अनलाइन मार्फत अर्डर गर्नुहोस् ।
३.यदि कोरोना संक्रमितको घरमा कुनै घरपालुवा जनावर छ भने उसको पनि ख्याल राख्नुपर्छ । संक्रमित र घरपालुवा जनावर कुनै पनि हालतमा प्रत्यक्ष सम्पर्कमा आउन हुँदैन । जस्तै : कुकुर, बिरालो ।
४.संक्रमितको गम्भिर लक्षणमाथि निगरानी राख्नुपर्छ । यदि बिरामीलाई सास फेर्न गाहे भए, छातीमा दुखाइ भए तथा बिरामी ओछ्यानबाट उठबस गर्न नसक्ने अवस्थामा पुगेमा तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुपर्छ ।
हेरचाह गर्ने व्यक्तिले ध्यान दिनपर्ने कुराहरु :
१.बिरामीसँग कुनै पनि तरिकाले सिधै सम्पर्कमा नरहनुहोस् । कोरोना भाइरस एकअर्का बीचको सम्पर्कमा आएमा संक्रमितको थुकको छिटा तथा खोक्दा वा हाँछ्यु गर्दा निस्कने छिटाबाट सर्दछ त्यसैले कमसेकम ६ फिटको दुरीमा रहेर संक्रमितको हेरचाह गर्नुपर्दछ ।
२.संक्रमितलाई हेर्ने व्यक्ति स्वस्थ अर्थात् पहिला कुनै पनि बिरामी नभएको हुनुपर्छ ताकी संक्रमणको सम्भावना कम भएका व्यक्ति हुनुपर्छ । संक्रमित पुर्ण रुपमा आइसोलेट हुनुपर्दछ । संक्रमितका लागि छुट्टै कोठा, बाथरुम हुनुपर्दछ । संक्रमित रहने कोठाको झ्याल खुल्ला राख्नुपर्छ ताकि सही भेन्टिलेसन बनिरहोस्, कोठा नगुम्सियोस् ।
२.संक्रमित रहेको घरमा संक्रमण मुक्त नहुञ्जेल बाहिरका व्यक्ति जसलाई बिरामी हुने जोखिम उच्च छ,उनीहरुलाई आउन दिनहुँदैन । संक्रमितको देखभाल गरिरहेका व्यक्ति अनावश्यक घरबाट बाहिर निस्कनुहुँदैन ।
३.संक्रमितले आफ्नै कोठामा खानुपर्छ । संक्रमितको हेरचाहमा खटिएका व्यक्तिहरुले पञ्जा लगाएर संक्रमितले प्रयोग गरेका भाँडाकुडा उठाएर भाँडालाई साबुन र तातोपानीले सफा गर्नुपर्छ । पञ्जा निकालेपछि हात राम्रोसँग धुनुपर्छ । हेरचाह गर्ने व्यक्ति आफुले प्रयोग गरिरहेको भाँडा, कपडा संक्रमितसँग शेयर गर्नहुँदैन ।
४.हेरचाह गर्ने व्यक्तिले घरमा रहेका बाँकी सदस्यहरुसँग कुरा गर्दा मास्क लगाउनुपर्छ । मास्कले थुकको छिटा अर्काे व्यक्तिसम्म पुग्न रोक्दछ । संक्रमितको देखभाल गर्न संक्रमितको कोठामा जादा सही तरिकाले मास्क लगाउनुपर्छ । मास्क बेला बेलामा बदल्नुपर्छ ।
५.संक्रमितको हेरचाह गर्ने व्यक्तिले साबुनपानीले बारम्बार हात धुनुपर्छ । घरको भुँइ बेला – बेलामा सफा गरि रहनुपर्छ । हात नधोइ आँखा, मुख, नाकलाई छुनुहुँदैन ।
६.संक्रमितको कोठाबाट भाइरस हटाउन प्रत्येक दिन संक्रमित बसेको कोठा साबुन तथा डिटरजेन्टले सफा गर्नुपर्छ । सफा गर्ने समयमा मास्क र पञ्जा राम्रोसँग लगाएको हुनुपर्छ । पटक पटक छुने सतहलाई सफा गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत