
उपत्यकामा लकडाउन के खुल्छ के खुल्दैन
१५ बैशाख २०७८, बुधबार ०१:३०
काठमाडौं – उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी भएपछी उपत्यका मा अत्यावश्यक बाहेकका अन्य सेवा र सम्पुर्ण यातायात बन्द हुने भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले अत्यावश्यक सेवाबाहेकका अरु सेवा बन्द गर्ने निर्णय गरेको हो । बिहीबादेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प हुनेछ। साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ। मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेधाज्ञा लागू हुने छ।
दुई हप्ता लामो निषेधाज्ञामा खाद्य सामग्री औषधी तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै पसल बन्द हुनेछन् । यस्तै सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द हुने भएका छन् ।
निषेधाज्ञामा पनि खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछन् । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न सकिने भएको छ ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछन् । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न पाउनेछन् ।
विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।
यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन पनि चल्न पाउनेछन् ।
सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाउनेछन् । विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले दिनेछन् ।
अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा एयरपोर्ट जाने गाडी चलाउन पाइनेछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो