अध्ययन भन्छ- ६ प्रकारको कोरोना, लक्षण के हुन्?


काठमाडौं । कोरोना भाईरसका तीन वटा मुख्य लक्षण छन् । यदि ती तीन मध्ये कुनै एक लक्षण देखियो भने पनि स्वाब जाँच गराई हाल्नु पर्छ । यदि आफ्नो स्वाब जाँचको परिणाम पोजेटिभ छ भने आफुसहित आफ्नो पुरै घरलाई सेल्फ आइसोलेशनमा राख्नु पर्छ ।

पहिलो लक्षण–लगातार खोकी लाग्नु

कोरोना संक्रमण भएपछि लगातार खोकी लाग्न सक्छ । यस्तो बेला एक घण्टा वा त्यो भन्दा बढि समय लगातार खोकी लागिरहन्छ । २४ घण्टाभित्र कम्तिमा तीन पटक खोकीको लहरै चल्न सक्छ । यदि खोकिका साथ कफ पनि निस्कन्छ भने त्यो चिन्ताको बिषय हुन्छ ।

दोस्रो लक्षण–ज्वरो आउनू

कोरोना भाइरसका कारण शरीरको तापक्रम वृद्धि हुन्छ र जाडो महसूस हुन थाल्छ ।

तेस्रो लक्षण– गन्ध र स्वाद हराउनू

जनस्वास्थ्यविद्हरुका अनुसार ज्वरो र खोकीका अतिरिक्त गन्ध र स्वाद हराउनु पनि कोरोना संक्रमणको महत्वपूर्ण लक्षण हो । पब्लिक हेल्थ बेलायतका अनुसार पचासी प्रतिशत मानिसमा यी मध्ये एउटा लक्षण देखा पर्छ ।ओएनएसले गरेको एउटा नयाँ सर्बेक्षणअनुसार कोरोनाका नयाँ भेरियन्टका संक्रमितहरुमा पुरानो भेरियन्टको संक्रमितको तुलनामा बढि स्वास्थ्य समस्या देखिन्छ । त्यसमा खोकी लाग्ने, गला खसखसाउने र थकान तथा मांसपेशीको पिडाको सम्भावना बढि हुन्छ ।

आफु वा आफु वरपरका कसैमा यी लक्षण देखा परे तत्काल जाँच गराईहाल्नु पर्छ । त्यसका साथै आफुलाई घरभित्र सेल्फÞ आइसोलेट गर्नु पर्छ ताकि संक्रमण अरुमा नसरोस् ।अमरीकी सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रीभेन्सन (सीडीसी) का अनुसार जाडो महशुस हुनु, जिउ काम्नु, मासंपेशीको पिडा र घाँटी खसखसाउने समस्या देखिनु कोरोना भाइरस संक्रमणको संकेत हुनसक्छ ।

कोरोना भाइरसको लक्षण देखापर्न सामान्यतः पाँच दिन लाग्न सक्छ अथवा त्यस्तो लक्षण चाडैँ पनि देखापर्न सक्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) भन्छ– भाईरस शरीरभित्र पुग्न र लक्षण देखिन चौध दिनसम्म लाग्न सक्छ ।

कोरोनाको लक्षण, बच्ने उपाय

सबैलाई एकै खालको संक्रमण हुँदैन । कोरोना भाईरसले हाम्रो शरिरको कैयौं अंगमा नकारात्मक असर पार्छ र मानिसअनुसार यसको लक्षण पनि अलग–अलग हुनसक्छ । चालीस लाख बिमारिको तथ्यांक केलाएका बैज्ञानिकहरु भन्छन् – कोभिड छ प्रकारको हुन्छ । जसका केहि लक्षण यस्ता छन् ।

पहिलो– ज्वरो नआए पनि फ्लू को जस्तै समस्या हुनु जस्तै टाउको दुख्नु, गन्ध हराउनु, मांसपेशीको पीडा, खोकी, गलाको खशखश, छाती दुख्नु ।

दोस्रो– ज्वरो आउनु, टाउको दुख्नु, गन्ध हराउनु, खोकि लाग्नु, गला खसखसाउनु, गला बस्नु, ज्वरो आउनु र भोक नलाग्नु ।

तेस्रो (ग्यास्ट्रोइन्टेस्टाइनल)– टाउको दुख्नु, गन्ध हराउनु, गला खसखसाउनु, गला बस्नु, पखाला चल्नु, ज्वरो आउनु, भोक नलाग्नु, छातीको पीडा हुुनु । यस प्रकारको संक्रमितमा खोकीको समस्या देखिँदैन ।

चौथो– थकान, टाउको दुख्नु, गन्ध हराउनु, खोकी, ज्वरो, गला बस्नु, छातीमा पीडा हुनु ।

पाँचौ (कन्फ्यूजन)– टाउको दुख्नु, गन्ध हराउनु, भोक नलाग्नु, खोकी, ज्वरो, गला भाँसिनु, गला खसखस हुनु, छातीको पीडा, थकान, भ्रम, मांसपेशीहरु दुख्नु ।

छैटौँ (पेट र श्वसन) – टाउकाको पीडा, गन्ध अनुभव नहुनु, भोक नलाग्नु, खोकी, गला बस्नु, गला खसखसाउनु, छाती दुख्नु, थकान, भ्रम, मांसपेशीमा पिडा, स्वासप्रस्वासमा समस्या, पखाला तथा पेटको पीडा ।

शोधकर्ताहरुका अनुसार बान्ता, पखाला तथा ऐठन, बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमणको संकेत हुनसक्छ । सामान्य फ्लू वा अन्य संक्रमणको लक्षण पनि कोभिड जस्तै हुन्छ ।

के खोकी लाग्नु कोभिडको पक्का लक्षण हो?

फ्लूसहित अन्य कैयौं संक्रमण को लक्षण कोभिडको जस्तै हुन्छ । पब्लिक हेल्थ बेलायतका अनुसार जसमा कोभिडको तीन मुख्य लक्षण मध्ये कुनै एउटा लक्षण हुन्छ उनीहरुमा पनि आधाभन्दा कममा खोकीको समस्या पाइएको छैन ।

विशेष सावधानी : यो सामान्य सुझाव मात्र हो । कुनै पनि उपाय अपनाउँदा वा आफ्नो शरिरमा कुनै औषधिको प्रयोग गर्नु पहिले सम्बन्धित विशेषज्ञ वा चिकित्सकसँग परामर्श लिनुपर्छ ।

विज्ञहरुको सल्लाहमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले तयार पारेको लेखमा आधारित


Loading comments...