Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

बिहे भोजमा सहभागी १५ जनामा कोरोना संक्रमण

१५ बैशाख २०७८, बुधबार १६:३१


काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बिहे भोजमा सहभागी १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि भएको बिहे भोजमा सहभागी एकजनामा संक्रमण पुष्टि भएपछि छरछिमेकीहरुको पनि परीक्षण गरिएको थियो । त्यसक्रममा १५ जनामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले बताए ।

दुईजना जनप्रतिनिधिसमेतलाई संक्रमण भएपछि दुई दिनलाई वडा नं। १० को सेवा प्रवाह पनि बन्द गरिएको छ ।

नगरमा थप चारजनालाई पनि संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार जिल्लामा बुधबार ५० जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु काभ्रे, पनौती र धुलिखेलका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ