Lifestyle Portal
  •   ३० आश्विन २०७८, शनिबार

महानगरले नि:शुल्क एम्बुलेन्स सेवा दिने, चालकसँग सिधा सम्पर्क गर्न सकिने

१६ बैशाख २०७८, बिहीबार २२:५७

लोकप्रिय

उपचार गर्न अस्पताल जानु पर्ने कोभिड १९को संक्रमण नभएका विरामी लाई निःशुल्क अस्पताल ल्याउन लैजान काठमाडौं महानगरपालिका र संयुक्त एम्बुलेन्स चालक संघबीच बिहीबार सम्झौता भएको छ। महानगरका प्रमुख वद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र संघकातर्फबाट अध्यक्ष गोवर्धन सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

जिल्ला प्रशासनले जारी गरेको निषेध आदेशका कारण सवारी चल्न नपाउने र सार्वजनिक यातायात प्रयोग गर्न नसकिने भएकोले विरामी र उनका परिवारलाई पर्ने असहज परिस्थितिलाई सजिलो बनाउन यस प्रकारको सम्झौता गरिएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ। ‘महानगरको सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाले कोभिड संक्रमण भएका विरामीलाई निःशुल्क रुपमा अस्पताल पु¥याउनेछन् भने संक्रमण नभएका विरामीलाई आज सम्झौता गरिएका एम्बुलेन्सले अस्पताल लैजाने छन्।’ प्रमुख शाक्यले भने, ‘महानगरबासीलाई पर्न सक्ने स्वास्थ्य समस्याको पूर्वअनुमान गरेर हामीले सेवा थालनी गरेका हौँ।’
यो सेवा लिनु पर्नेेले महानगरको हटलाइन ११८० मा सम्पर्क गर्नुपर्छ। यसै गरी चालकसँग सिधै सम्पर्क पनि गर्न सकिनेछ।

सेवामा हृदयाघात, क्यान्सर, मृगौला रोग र आकस्मिक सेवाका लागि अस्पताल जानु पर्ने बिरामीलाई पहिलो प्राथमिकता दिइनेछ। यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुबिधा दिइन्छ। सेवा महानगरको भौगोलिक सिमानाको २ किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो। सेवावापतको महानगरले १५ दिनका लागि प्रति एम्बुलेन्स १ लाख २१ हजार रुपैयाँ शुल्क भुक्तानी गर्नेछ। यसवापत् संघले १५ दिनका लागि २४ सै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ।

शुल्क महानगरले भुक्तानी गर्ने भएकोले विरामीसँग एम्बुलेन्स सञ्चालकले थप शुल्क माग्न वा मोलमोलाइ गर्न पाउनेछैन। यो सुविधा महानगरबाट २ किलोमिटरभन्दा टाढासम्मका लागि हो। तर, डाइलोसिस र क्यान्सर उपचारका लागि भने २ किलोमिटरको दुरीभन्दा बाहिर पनि जानु पर्नेछ।

यसरी गरिएको सेवाको अद्यावधिक विवरण संघले महानगरलाई उपलब्ध गराउने पर्नेछ।

महानगरले गएको बर्ष पनि यसै प्रकारको सेवा उपलब्ध गराएको थियो। पहिलो चरणमा ५ वटा र दोस्रो चरणमा २ वटा थप गरेर ७ वटा एम्बुलेन्सबाट ६० दिन सेवा दिँदा ४ हजार ४ सय ५१ जना बिरामीलाई सेवा दिइएको संघका अध्यक्ष सापकोटाको भनाइ छ।

महानगरका सबै क्षेत्रलाई समेट्ने अभिप्रायले राष्ट्रिय सभा गृह, मीन भवनस्थित ट्रलीबस स्टेशन, वडा ७ कार्यालय परिसर, भुइँखेलस्थित वडा १५ कार्यालय परिसर र वडा ३ कार्यालय परिसर महाराजगञ्जमा राखिनेछन्। सहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरकाअनुसार २४ सै घण्टा तैनाथ रहने यी एम्बुलेन्सले कुनै प्रकारको प्राविधिक त्रुटी वा समस्या देखाउन र मोलमोलाइ गर्न पाउनेछैनन्।

कहाँ कुन एम्बुलेन्स

चावहिल, वडा ७ परिसर
वा ३ च २७६६ र बा १० च ७८५६
चालक, अजय लामा ९८४१ ०५४७६८, उद्धव भण्डारी ९८४१ १४०६२२

स्वयम्भू, वडा १५ परिसर
ना २ च ७७५४ र बा १० च ४३७३
चालक शंकर दाहाल ९८०८२ ७९८१९ डम्बर गुभाजू ९८८१ ३८७२१७

महाराजगञ्ज, वडा ३ परिसर
बा १२ च २३६० र बा ६ च २८२
चालक श्याम श्रेष्ठ ९८१३ २४६०८६, कृष्ण गुरुङ् ९८०८२ ९२५५०

ट्रली बस मीनभवन
ब १८ च ५६५७ र ना २ च ४१२०
चालक सोमबहादुर तामाङ् ९८४० ९१६२६२ सविन थापा ९८४० २४१४४९

सभा गृह, प्रदर्शनी मार्ग
बा ६ च ९१०० र बा ५ च ५७५९
चालक गोर्वधन सापकोटा ९८५१० ८२४२५, तुल सिंह तामाङ् ९८१८ ४३९५९५

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८

भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका बैठक २०७८ आश्विन २० देखि २१ सम्म भारतको नयाँ दिल्लीमा

२२० केभि डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको अवसरमा धनकुटा जिल्लाको हिलेमा २०७८ आश्विन

अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही