
अस्पतालबाट मदनकृष्ण श्रेष्ठले लेखे : राजा ज्ञानेन्द्र गेट वेल सुन, रेसपेक्ट यु, लभ यु !
१६ बैशाख २०७८, बिहीबार २३:०१
गत वैशाख ६ मा कोरोना संक्रमण पुष्टि भएपछि यतिबेला वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालमा उपचाररत छन् । आफूसहित परिवारका सबै सदस्यलाई कोरोना भएपछि ६ दिन घरमै बसेका उनी वैशाख १२ मा अस्पताल भर्ना भए।
कोरोनाले गम्भीर स्वास्थ्य समस्या ल्याएपछि उनी ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। मेडिसिटीमै कोरोनासँग जुधिरहेका उनले बिहीबार राति एउटा भावुक स्टाटस लेखे। जहाँ उनले आफूलाई कोरोनाले फतक्क गलाए पनि सबैलाई सम्झेर मन भावुक भएको बताएका छन्।
उनले छोटो स्टाटसमा पूर्वराजा ज्ञानेन्द्रलाई पनि सम्झिएका छन्। ज्ञानेन्द्र र पूर्वरानी कोमललाई कोरोना पुष्टि भएपछि हाल दुवैजना थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन्।
अक्सिजनको सपोर्टमा रहेका दुवै जनामध्ये कोमलको अवस्था गम्भीर रहेको नर्भिक अस्पताल स्रोतले जनाएको छ। ज्ञानेन्द्र र कोमललाई अक्सिजनको मात्रा बढाएर उपचार भइरहेको नर्भिक व्यवस्थापनले जानकारी दिएको छ।
‘आफ्नो शरीर सिंगै कोरोनाले गलेर लल्याकलुलुक, फतल्याक्क फुत्लुक भइरहेको बेला सबैलाई सम्झेर मन भाबुक भइरहेको छ आज’, उनले भनेका छन्, ‘सबैलाई एकपल्ट माया पोख्न मन लागिरहेको छ।’
उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजाकै रुपमा सम्बोधन गरेर स्वास्थ्य लाभको कामना गरेका छन्। ‘राजा ज्ञानेन्द्र लगायत राजपरिवारप्रति पनि शीघ्र स्वास्थ्यको कामना ब्यक्त गर्न मन लागिरहेछ’, उनले भनेका छन्, ‘गेट वेल सुन राजन, रेस्पकेट यु, लभ यु !’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति