
२० देखि २९ वर्षका सबैभन्दा बढी संक्रमित
१६ बैशाख २०७८, बिहीबार २३:०८
काठमाडौं । पछिल्लो २४ घण्टामा २० देखि २९ वर्षका १ हजार २ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९ सय २८ संक्रमितमध्ये सबैभन्दा धेरै २० देखि २९ वर्षकामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, ३० देखि ३९ वर्षका १ हजार २ सय ६०, ४० देखि ४९ वर्षका ८७४, ५० देखि ५९ वर्षका ५५२, १० देखि १९ वर्षका २९५, ६० देखि ६९ वर्षका २९० जना संक्रमित छन् ।
७० देखि ७९ वर्षका ११६, नौ वर्ष मुनिका ८९, ८० देखि ८९ वर्षका ४०, ९० देखि एक सय वर्षका ३ र अज्ञात ४५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ