
स्वास्थ्य मन्त्रालयले भन्यो- २२ जिल्लामा थेग्नै नसक्ने गरी संक्रमण बढिसक्यो, जनस्वास्थ्यका मापदण्ड पालना गरिदिनुस्
१७ बैशाख २०७८, शुक्रबार १५:२७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही जिल्लामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको बताएको छ। यसरी संक्रमण फैलिरहेको हुँदा सर्वसाधरणहरूलाई जनस्वास्थ्यका मापदण्डहरूको कडाइका साथ पालना गर्न अनुरोध गरेको छ।
शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अहिले कोरोना भाइरसको संक्रमण निकै उच्च गतिमा फैलिरहेको बताएको हो।
२२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिरहेको मन्त्रालयले जनाएको छ।
मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
ुस्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने भइसकेको छ। त्यसैले सबै दाजुभाइ दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ,ु मन्त्रालयले भनेको छ,ुसंक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू ९मास्क लगाऔं, भौतिक दुरी का गरौ, बेलाबेलामा साबुनपानीले हात धोऔं० नै उत्तम उपाय हुन्।ु
त्यस्तै, मन्त्रालयले कुनै पनि मार्गबाट देश(विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहिँ कतै जाने कामहरू पूर्ण रूपमा नगर्न अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको