
गायक सपुतलाई कोरोना संक्रमण पुष्टि
१७ बैशाख २०७८, शुक्रबार १६:१८
काठमाडौं । लोकप्रिय गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।
सपूतले काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट शुक्रवार दिउँसो पोजिटिभ आएको उल्लेख गरेका छन् । थुप्रै लोकपृय गितका युवा गायक सपुतले लेखेका छन्– ‘अन्ततः काठमाडौं मेडिकल कलेजका अनुसार मेरो पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ ।’
यसक्रममा सपुतले आफ्नो प्रत्यक्ष सम्पर्कमा भएका सबैसँग पीसीआर टेस्ट गराउन अनुरोधसमेत गरेका छन । अगाडी गायक प्रकाशले भनेका छन- ‘एकदमै धेरै शरिर दुख्ने, गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पीसीआर टेस्ट गराएको थिए ।अहिले म होम आईसोलेशनमा छु र मेरो अवस्था सामान्य छ ।’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति