गजुरेलको व्यंग्य- अतिरञ्जित टाइटल देख्नासाथ आँखा चिम्लिउँ


काठमाडौं । कोरोनाको महामारीसँगै फैलिएको ‘सूचनाको महामारी’ बाट आफू जोगिउँ, अरुलाई जोगाउँ भन्दै कलाकार मनोज गजुरेलले सामाजिक सन्जालमा सेयर गरेको एउटा भनाइले समाचारबाटै हाहाकार खडा गर्ने अहिलेको प्रवृत्तिमाथि तिखो व्यंग्य प्रहार गरेको छ । साथै यसले सूचनाको आक्रमणबाट अममानिसहरु कति प्रताडित छन त्यसको झझल्को पनि दिएको छ ।

गजुरेलले लेखेका छन्, ‘अतिरञ्जित टाइटल देख्नासाथ आँखा चिम्लिउँ । अपुष्ट हेडलाइन सुन्नासाथ कान बन्द गरौं । झुटा अडियो लाइक नगरौं । शंकास्पद भिडियो सेयर नगरौं । भाइरल समाचार स्यानिटाइज गर्न नभुलौं । फ्याक्ट चेकले इन्फरमेसन सफा गर्ने बानी बसालौँ । फेकन्युजसँग डिस्टेन्स मेन्टेन गरौं । विचलित बनाउने तस्बिरलाई आइसोलेसनमा राखौं । इम्युन पावर बढाउने सु-समाचार धेरैभन्दा धेरै पिउने गरौं । मानिसलाई आतंकित बनाउने सोसल मिडियालाई लकडाउनमा राखौँ ।’

गजुरेलको निष्कर्ष छ- ‘समाजलाई त्रसित पार्ने मिडियामाथि निषेधाज्ञा जारी गरौं । कोरोनाको महामारीबाट बचौं, सूचनाको महामारीबाट बचाऊ ।’ छैन त रमाइलो ?


Loading comments...