
पूर्वरानी कोमललाई दिइएको ‘हाइ फ्लो अक्सिजन’ के हो? कसरी दिइन्छ ?
१७ बैशाख २०७८, शुक्रबार २२:२१
काठमाडौं : कोरोना संक्रमित पूर्वरानी कोमल शाह यतिखेर नर्भिक अस्पतालको आइसीयूमा उपचाररत छिन्।
शरीरमा अक्सिजन मात्रा कम भएपछि उनलाई आइसीयूमा राखी उपचार थालिएको अस्पतालले जनाएको छ। शाहलाई हाइ फ्लो अक्सिजन सपोर्टमा राखिएको छ।
पूर्वरानीलाई कोमललाई दिएको हाइ फ्लो अक्सिजन कस्तो हो भनी जिज्ञासा राख्दा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले भने, ‘हाइ फ्लो अक्सिजन सिलिन्डरबाट नभइ अन्य सानो मेसिनबाट दिने गरिन्छ, यसले न्यानो बनाइ श्वासप्रश्वासमा सहज बनाउने काम गर्छ।’
उनका अनुसार बिरामीको अवस्था हेरेर एक मिनेटमा ६० लिटरसम्म अक्सिजन दिइन्छ। सामान्यतयाः यसलाई अक्सिजन थेरापी भन्ने गरिन्छ। आइसीयूमा भएका बिरामीको रगतमा अक्सिजन कमी भएपछि हाइ फ्लो अक्सिजन दिनुपर्ने उनले जानकारी दिए।
‘बिरामीको अवस्था हेरेर र अवस्था क्रिटिकल भएपछि दिइन्छ, श्वासप्रश्वास दर कम भएपछि दिने गरिन्छ,’ उनले भने, ‘नाक र मुख दुवै छोपेर दिइन्छ, अक्सिजनको प्रेसर बढेपछि बिरामीलाई केही सजिलो हुन्छ।’
कोरोना संक्रमण भएकाहरूको शरीरमा अक्सिजनको कमी हुन्छ। कोरोनाको पछिल्ला भेरियन्ट संक्रमण भएकाहरूमा यो समस्या झनै बढिरहेको छ। भारतमा त अक्सिजनको हाहाकार नै मच्चिएको छ।
यो पनि पढ्नुहोस्
-
कोरोना भाइरसबाट कसरी बच्ने ?
-
हावा र सतहमा कोरोनाका जिवाणुहरु कति समय रहन सक्दछन ?
-
कोरोनाभाइरस (COVID-19) को बारेमा बालबालिकासँग कसरी कुरा गर्ने?
-
कोरोना भाइरस (COVID-19) रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
-
कस्तो अवस्थामा सेल्फ क्वारेन्टाइन बस्ने ?
-
परिवारका एक वा बढी सदस्य संक्रमित हुँदा के गर्ने ? यस्तो छन् केही व्यावहारिक पक्ष
-
अध्ययन भन्छ- ६ प्रकारको कोरोना, लक्षण के हुन्?
-
कोरोनाले अक्सिजन कम हुन्छ, त्यस्तो बेला कसरी सुत्ने ?
-
घरमा कोरोना संक्रमितको हेरचाहमा खटिनेले ध्यान दिनपर्ने कुराहरु :
-
अध्ययन भन्छ- डबल मास्क बढी प्रभावकारी
-
नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा
-
के एस्ट्राजेनेका खोप लगाएकामा रगत जम्ने समस्या हुन्छ ?
-
नेपालमा प्रयोग भइरहेको खोपले ‘रगत जम्ने समस्या’ गराउँछ ?
-
कोरोना खोपले प्रजनन् क्षमतामा असर पार्ने कुरामा सत्यता छ ?
-
खोपका असरहरु कसरी थाहा पाउने ?
-
खोप कसले लगाउने कसले नलगाउने ?
-
होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई अनुरोध – डा. रवीन्द्र पाण्डे
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
भारतका नव नियुक्त थल सेनाध्यक्ष (सीओएएस) जनरल मनोज पाण्डेले आफ्नो पहिलो विदेश संवादमा नेपाली समकक्ष रोज्नुभएको छ । नेपाली सेनाका
धादिङ – धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार