
प्रियंका र निकले भारतका लागि जुटाए साढे २ करोड सहयोग
१७ बैशाख २०७८, शुक्रबार २२:३५
काठमाडौं अमेरिकामा रहेको अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले हालै कोभिड १९ फन्डरेजरको सुरुवात गर्दै विश्वभरका मानिससँग भारतका लागि मद्दत मागेका छन । यो अभियान सुरु गरेको २४ घन्टामा २ करोड ५० लाख सहयोग प्राप्त भएको छ ।
प्रियंकाले सोसल मिडियाको माध्यमबाट यो मुश्किल समयमा मद्दत गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।
प्रियंकाले आफूलाई सामाजिक सञ्जालमा पछ्याउने (फलोअर्स) लाई अपिल गर्दै अगाडि लेखेकी छन्, ‘इन्स्टाग्राममा मेरो ६३ फलोअर्स छ । एक लाखले १० डलर सहयोग गरे पनि एक मिलियन डलर हुन्छ, जुन एक ठूलो राशी हो ।’ जम्मा भएको सम्पूर्ण रकम भारतमा कोभिड केयर सेन्टर, आइसोलेशन सेन्टर र अक्सिजन जनरेशन प्लान्ट्स बनाउन खर्च गरिने उनले बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल