
दुई हप्ता अगाडि भारतको संक्रमण दरमा अहिलेको नेपाल
१८ बैशाख २०७८, शनिबार २२:४६
नेपालका लगभग सबै अस्पतालहरुमा आइसीयू, भेन्टीलेटर र शैयाहरुको कमी भइसकेको अवस्था छ । भारतको अवस्था अत्यन्त नाजुक भइसकेको छ अनि छिमेकी देश नेपालको अवस्था पनि त्यसवाट अछुतो रहने कुरा नै भएन ।
जन हप्कीन्स विश्वविधालयको डाटालाई साभार गर्न चाह्यौं । अप्रिलको मध्य ताका नेपालको संक्रमण दर ५० भन्दा कम देखिन्छ । केहि हप्ताअघि भारतको संक्रमण दर पनि त्यसै विन्दुवाट गुज्रेको देखिन्छ । तर अप्रिलको अन्त हुन लाग्दा नेपालको संक्रमणदर सोझो रुपमा माथि चढेको स्पष्ट देखिन्छ । नेपालको संक्रमणको रेखा अब सोझै माथि चढेको स्पष्ट छ । यसको अर्थ हो बढ्दो संक्रमण दर । भारत अहिले २५० भन्दा माथिको विन्दुमा पुग्दा नेपालको संक्रमण दर भनें ११ देखि १५० को बिच तिर देखिन्छ ।
यस तथ्याकंले स्पष्ट देखाँउदछ, नेपालको संक्रमण दर जोखिममा छ । अर्कोतर्फ पछिल्लो वर्षवाट सरकारी र निजी स्वास्थ संयन्त्रहरुले कोभिड उपचारका लागि खासै कदम चाल्न नसक्दा नेपालको पनि स्वास्थ सेवा धराशायी हुने स्पष्ट छ ।
Nepal is today where India was two weeks ago ☹️ pic.twitter.com/O9pL5uVsRj
— Marcel Salathé (@marcelsalathe) April 30, 2021
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा