
कोभिड-१९ सङ्क्रमितको उपचारमा सरकारले हातखुट्टा छाडेको छैन : स्वास्थ्यमन्त्री
१८ बैशाख २०७८, शनिबार २३:५५
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ का सङ्क्रमितका उपचारमा सरकारले हातखुट्टा नछाडेको बताएकाछन् । उनले आज भिडियो सन्देश जारी गर्दै भने, “बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन । सरकार जिम्मेवारीका साथ कर्तव्यपालनामा अगाडि बढेको छ ।”
मन्त्रालयले शुक्रबार स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने भइसकेको बताएपछि उनले आज भिडियो सन्देश जारी गर्दै सरकार जनताका साथमा रहेको स्पष्ट गरे।
मन्त्री त्रिपाठीले संक्रमितको उपचारको सबै जिम्मेवारी सरकारले लिएको बताउँदै संक्रमणबाट आतंकित हुने अवस्था नरहेको जनाए । सरकार आफ्नो प्रतिबद्धता पूरा गर्न तयार रहेको बताउँदै उनले नेपाली जनताको जीवन जोगाउन हरप्रयास गरिरहेको समेत बताए ।
“कोभिड–१९ को दोस्रो लहर गम्भीर र जटिल रहे पनि हामी आतंकित हुने स्थितिमा छैनौँ ”, उनले सन्देशमा भने, “सरकार हरेक उपचारको विधि, उपचारका लागि अस्पताल थप्ने काम गरिरहेको छ ।”
उनका अनुसार संक्रमणको उपचारका लागि काठमाडौँ उपत्यकामा एक हजार शय्याको व्यवस्था गरिएको छ । “सरकार अक्सिजन जोहो गर्नेदेखि लिएर संक्रमितको उपचार गर्न दत्तचित्त भएर लागेको छ ”, उनले सन्देशमा भनिएको छ।
संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने औषधि दुईतीन दिनभित्र नेपालमा आपूर्ति गरिने उनको भनाइ छ । मन्त्री त्रिपाठीले एकैचोटि संक्रमणको दोस्रो लहर आएको र दोस्रो भेरियन्ट आक्रमणकारकी रहेकाले हठात संख्या बढ्दो रहेको जनाए ।
उनले संक्रमण रोकथाम र नियन्त्रणमा आफ्नो व्यवस्थापनमा कहीँकतै कमजोरी भएको भए नैतिक जिम्मेवारीसमेत लिइने स्पष्ट गरे नेपाली जनताको जीवन महत्वपूर्ण भएकाले नै संक्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको उनको भनाइ छ ।
“संक्रमणको दर घटाउनमा यसले मद्दत पुर्याउने छ । महामारीका लागि रोकथाम महत्वपूर्ण विषय हो । उपचार दोस्रो हो । त्यसैले रोकथामका लागि निषेधाज्ञा गरिएको हो,” उनले भने।
उनले सबैलाई निषेधाज्ञा पालना गरेर संक्रमण रोकथाम र नियन्त्रण गर्न सहयोग गर्न र सुरक्षाका सबै मापदण्ड अपनाउनसमेत आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको