लकडाउनमा माेबाइलमा समय बिताइरहनुभएकाे छ ? यसले के के हुन्छ थाहा छ ?


लकडाउन भएपछि सबै मानिसकाे एउटै काम भएकाे हुनसक्छ माेबाइल चलाउने बस्ने । तर माेबाइलमा धेरै समय बिताउँदा धेरै समस्याहरू निम्तन सक्छन् । यसकाबारे हामीले बिचार गर्नुपर्ने देखिएकाे विज्ञहरू बताउँछन् । लकडाउनले हाम्राे जीवनशैली परिवर्तन गरिदिने भएकाले हामीले सकेसम्म माेबाइलमा समय बिताउन कम गर्नुपर्ने देखिएकाे छ । माेबाइलमा धेरै समय बिताउँदा धेरै जिज्ञासा र खाेजहरू हराएर जाने डर त छँदैछ यसले स्वास्थ्यमा पनि नकारात्मक असर गर्ने हुनसक्छ । तसर्थ माेबाइलमा बिताउने समय सकेसम्म कटाैती गर्नु हित छ । माेबाइल चलाउँदा हुने समस्याहरूला यसरी वर्गीकरण गर्न सकिन्छ हेराैं ।

निद्रा नलाग्ने समस्या निम्त्याउँछ ।
राति ९ बजेपछि स्मार्टफोन चलाउने वा स्मार्टफोन मार्फत काम गर्ने व्यक्तिको निद्रा निकै कमजोर हुन्छ। स्मार्ट फोनमा लामो समयसम्म बस्दा हाम्रो दिमाग एकोहोरिने र दिमागले पर्याप्त मात्रामा मेलाटोनिन हर्मन (यसले निदाउन सहयोग गर्छ)उत्पादन गर्न नसक्ने अनुसन्धानले देखाएको छ। मेलाटिनिन उत्पादनमा बाधा पुगेपछि हामी पर्याप्त सुत्न सक्दैनौँ।

यौन क्षमतामा कमी ल्याउन सक्छ ।
स्मार्ट फोनको कुलतमा फसेका मानिसको यौन जीवन सुखदायी नहुने अध्ययनहरुले देखाएका छन्। स्मार्ट फोनमा राति व्यस्त हुने जोडीले यौन क्रियाकलापलाई बिर्सिरहेका हुन्छन्। स्मार्टफोनमा आ–आफ्नो मन परेको भिडियो वा दृश्य हेर्दै मख्ख पर्दा या च्याटमा अरुसँग मात्र रामाउँदा कतिपय जोडीको सम्बन्धमा दूरी बढेको हुन्छ। मोबाइलमा हरबखत गेम खेलेर बस्नेहरुले पनि आफ्नो पार्टनरलाई समय दिन नसक्ने भएकाले एकअर्कामा भावना आदानप्रदान समेत नहुने गरेको अध्ययनले देखाएको छ। अमेरिकामा कम्प्युटर इन ह्युमन बिहेभियर नामक अध्ययनमा ८९ प्रतिशत युवायुवतीले फोन र त्यसको भाइब्रेसनबाट आफ्नो यौन जीवन प्रभावित भएको बताएका थिए।

जीवनशैली पनि बर्बाद हुने सम्भावना हुन्छ ।
मोवाइलमा गेम खेल्ने, फिल्म तथा भिडियो हेर्ने र इन्टरनेट चलाउँदा मानिसको जीवनशैली निक्रिस्य र असामाजिक बन्दै गएको केन्ट स्टेट युनिभर्सिटीको अध्ययनमा उल्लेख छ। अध्ययन अनुसार दिनमा १२ घण्टाभन्दा बढी स्मार्ट फोनमा बिताउने विद्यार्थीको फिटनेसन शून्य थियो। अध्ययनमा सहभागी मध्ये दुई घण्टा फोन प्रयोग गर्ने विद्यार्थीको शरीर भने निकै गठिलो र पुष्ट पाइएको थियो। स्मार्टफोनको प्रयोगले विशेषगरी किशोर–किशोरी र युवायुवतीलाई एक्लो बनाउनुका साथै समाजमा घुलमिल हुन नसक्ने बनाएको अध्ययनमा उल्लेख छ।

दुर्घटना बढ्ने खतरा पनि धेरै हुन्छ ।
मोबाइल प्रयोगकर्तालाई मेसेजबाट पनि नराम्रो असर गरेको देखिएको छ। बाटोमा हिँडेको, भर्याङबाट झरेको, गाडीबाट उत्रिएको वा वाइकको पछाडि बसिरहेको बेला मोबाइलमा बजेको मेसेज टोनले ध्यानाकर्षण गरेर दुर्घटना हुने गरेका छन्। ड्राइभिङको समयमा उठाएका फोन वा तत्काल मेसेज हेर्नाले गर्दा सन्तुलन बिग्रिन गई दुर्घटना भएका उदाहरण पनि छन्।

ओहियो स्टेट युनिभर्सिटीले गरेको एक अध्ययनले सेलफोनकै कारण पैदलयात्रुको दुर्घटना दर बढेको जनाएको छ। त्यस्तै, एक सय ओटा अस्पतालमा गरिएको अर्को अध्ययनले स्मार्ट फोन प्रयोग गर्दा बाटोमा लडेर, पुलबाट खसेर, ठोक्किएर घाइते हुनेको संख्यामा वृद्धि भएको छ।

मानसिक समस्या पनि बढ्ने हुन्छ ।
आफ्नो फोन एकछिन नभेटिँदा वा हराउदा कति आत्तिनुहुन्छरु सम्भवत संसारकै सबैभन्दा बहुमूल्य वस्तु हराएजस्तो हुन्छ होला। किन मोबाइलप्रति हामी यस्तो आशक्ति देखाउँदैछौरु माबाइल सेक्युरिटी कम्पनी लुकआउटले गरेको एक अनुसन्धान अनुसार मोबाइल हराउने अधिकांश व्यक्ति ‘पेनिक’ हुने गरेका छन्। अध्ययनमा सहभागीमध्ये ७३ प्रतिशतले मोबाइल हराउँदा आफूलाई केही दिन सम्हाल्न असजिलो भएको बताएका थिए।

आफ्नो गोप्य तथ्यांकको खुलास, नयाँ किन्न लाग्ने खर्च, सुरक्षित राखिएका अभिलेखहरुको नष्ट आदि कारणले मानिसहरु मोबाइल हराउँदा चिन्तित हुने गरेको अधययनले देखाएको छ। त्यस्तै, बेलायतमा गरिएको एक अध्ययन अनुसार मोबाइल हराउने ६६ प्रतिशतलाई नोमोफोविया अर्थात् सेलफोन नहुँदा लाग्ने त्रासबाट पीडित भएको पाइएको थियो।


Loading comments...