
अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई सम्बन्धित संस्थामा हाजिर हुन निर्देशन
१९ बैशाख २०७८, आईतवार २०:३२
काठमाडौं । अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई सम्बन्धित स्वास्थ्य संस्थामा हाजिर हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन गरेको छ ।
मन्त्रालयले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भइ सेवामा खटिन सार्वजनिक सूचना जारी गरेको हो ।
मन्त्रालयमा आज आइतबार भएको छलफलमा उनीहरुलाई सेवामा खटाउने निर्णय भएको विज्ञप्ति मार्फत् जनाइएको छ ।
विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउने साथै आवश्यकता अनुसार अन्य अस्पतालमा खटाउने निर्णय पनि गरेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा