
स्वास्थ्यकर्मीलाई १०० प्रतिशत भत्तादेऊ, अक्सिजन प्लान्ट सूचारु गर : जनार्दन शर्मा
१९ बैशाख २०७८, आईतवार २०:३५
काठमाडौं । देशभर कोरोना भाइरस संक्रमण डरलाग्दो अवस्थामा फैलिएपछि नियन्त्रण तथा व्यवस्थापनका सम्वन्धमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा रुकुम पश्चिमका संघिय सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
कोभिडको बिश्वब्यापी महामारी संगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको अवस्थामा उपचारका लागि आइसियु, अक्सिजन र कतिपय स्थानमा डाक्टर समेतको अभावभई उपचारमा गम्भीर समस्या पैदा भैरहेको अवस्थामा डाक्टर तथा स्वास्थ्यकर्मीहरुले उपचारमा महत्वपूर्ण भुमिका खेलिरहेको भएपनि कतिपय क्षेत्रमा डाक्टर र स्वास्थ्यकर्मीहरु सक्रिय बनाउनु पर्ने आवश्यक नेता ‘प्रभाकर’ले औल्याउनुभएको छ ।
देशका कतिपय अस्पतालमा ओपीडि सेवा समेत बन्द रहेका छन् । यो अवस्थामा सरकारको गम्भीर ध्यानाकर्षण गर्दै नेता शर्माले निम्न कामहरू तत्काल कार्यान्वयन गर्न माग गर्नुभएको छ ।
उहाँकाे मागहरु उहाँकै शव्दमा
१) देश भरका सरकारी तथा निजि सबै अस्पताल संग भएको उपचार क्षमताको आँकलन गर्ने । अस्पतालका सञ्चालक तथा डाक्टरहरु संग सहकार्य गरि ७० प्रतिशत बेड कोभिड उपचारको लागि छुट्याउने ।
२) अक्सिजन प्लान्टहरु सुचारु गर्ने, सुचारु नभएका भए राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महाबिर पुनको सहयोगमा सञ्चालन तथा मर्मत गर्न ।
३) महामारीलाई ध्यान दिई अक्सिजन र सम्बन्धित औषधि,रेम्डिसिभिर सरकारले सबै जिल्ला अस्पतालमा पठाउने । सबै पालिकाहरुमा सामान्य बिरामीको अक्सिजन सहितको उपचारको व्यवस्था गर्न आवश्यक बजेट पठाउने ।
४) देशभर उपलब्ध डाक्टरहरुले संख्या कति छ एकिन गरि कर्णाली,सुप जस्ता दुर्गम क्षेत्र सहितका सबै आवश्यक स्थानमा व्यवस्थापन गर्ने ।
५) आइसियु इकुमेन्ट, अक्सिजन प्लान्ट लगायतका इकुमेन्टहरु हवाई मार्ग मार्फत तत्काल ल्याइ महामारी नियन्त्रणमा प्रयोग गर्ने सक्ने वातावरण बनाउने ।
६) महामारीको जोखिम मोलि काम गर्ने डाक्टर लगायत जोखिमका क्षेत्रहरुमा काम गर्ने सबैका लागी १०० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज