Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार
Pm office nepal mantriparishad

सबै प्रकारका उडान बन्द गर्ने सरकारको निर्णय

२० बैशाख २०७८, सोमबार ०५:०८


काठमाडौं । कोरोना संक्रमण तिब्र रुपमा बढेपछि सरकारले अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा रोक लगाउने निर्णय गरको छ ।

हिजोको मन्त्रिपरिषद्को बैठकले आज मध्यरात देखि आन्तरिक उडान र २२ बैशाख मध्यरात देखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो ।

सरकारले संक्रमण बढदै जाँदा विभिन्न जिल्लामा लकडाउन गर्दै स्थलमार्गबाट चल्ने यातायात बन्द गरेको छ । सरकारका प्रवक्ता एबं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जनस्वास्थ्य विज्ञहरुको सुझाव अनुसार हवाई उडानमा रोक लगाउने निर्णय गरिएको बताउनुभयो ।

वैशाख २० गते मध्यरातदेखि बैशाख मसान्तसम्मका लागि आन्तरिक उडान र वैशाख २२ गते मध्यरातदेखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ